Incident Reports

घुस मागेको अडियो सार्वजनिक भएपछि चौदण्डीगढी नगरपालिकामा तालाबन्दी

2023-04-16

Province 1, Udayapur, Chaudandigadhi

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई स्वास्थ्य मन्त्री बनाउने आश्वासन दिँदै २ करोड घुस मागेको पुष्टि भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पद र पार्टी सदस्यताबाटै हात धुनु परिरहेकै बेला डेढ लाख घुस मागेको घट्नाले उदयपुरको चौदण्डीगढी नगपालिका चर्चामा छ। नगर स्वास्थ्य शाखाले खोलेको अनमी भर्नाको आवेदकसँग डेढ लाख घुस मागेको विरोधमा आइतबार स्थानीयले नगरपालिकामा ताला लगाएका हुन्। कर्मचारी भर्नाको विज्ञापनमा घुस मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि चौतर्फी आलोचना खेपिरहेको नगरपालिकामा आइतबार मध्यान्ह ताला लागेको हो। लगभग डेढ २ सय हाराहारी संख्यामा आएको स्थानीयको समूहले ताला लगाएको स्थानीय राजेन्द्र दुष्टले बताए।

प्रत्यक्षदर्शी अनुसार ताला लगाउन आउने समूहमा नेकपा (एमाले) बाहेक सबै राजनीतिक दलसँग आबद्ध स्थानीयहरु सहभागी थिए। नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (नसपा) मा आबद्ध नेता कार्यकर्ता तथा नागरिक अगुवाहरू बुद्धहाङ राई, टीकाराम श्रेष्ठलगायत ठूलो समूहले आएर ताला लगाएको हो। मेयरका स्वकीय सचिव देवप्रकाश राईले आवेदकको दाजुसँग सोझै घुस मागेको भन्दै स्थानीयहरुले नगरप्रमुख कालुमान तामाङ र प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँको कार्यकक्षमा ताला लगाएका हुन्। नगरपालिका आएका सेवाग्राहीलाई बाहिर निकालेर उनीहरूले ताला लगाएका थिए । तर, ताला लग्दा मेयर तामाङ र हाकिम गुरागाईँ भने कार्यकक्षमा थिएनन्। कार्यालयमा ताला लगाउने टोली नगरपालिका आउँदै गरेको सुईको पाएपछि उनीहरू अलगअलग भएर बसेको स्थानीयले बताएका छन्। ताला लगाएपछि स्थानीयहरुको समूह बेलटार बजारमा कोणसभामा परिणत भएको थियो।

नगरवासीलाई सहज सेवा सुविधा दिने उद्देश्यले ‘गाउँ गाउँमा सिंहदरबार’ को नारा चरितार्थ गर्दै स्थापित सङ्घीयता र गणतन्त्रको धज्जी काढ्ने काम भएकाले साङ्केतिक विरोध स्वरूप ताला लगाइएको माओवादी चौदण्डीगढीका नेता दिनेश बायुङ राईले बताए। जनप्रतिनिधिहरूले जनतालाई छिटोछरितो सेवा प्रवाह गर्नुका साथै पारदर्शिता, सुशासन र जनमैत्री काम गर्नुपर्नेमा मेयरकै स्वकीय सचिवले घुसको डिल गरेको घटना अत्यन्त दुःखद भएको भन्दै यस्तो प्रवृत्तिको अन्त्य गर्न माओवादी लागी पर्नेमा जोड दिए। उनले नगरपालिकाको घुस काण्डबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउँदै कानुनी कारबाही नभएसम्म ताला खोल्न नदिने बताए। दिन दाहाडै घुस मागेर ठाडो भ्रष्टाचारको नमुना प्रदर्शन गरेको भन्दै त्यस्ता जनप्रतिनिधिमाथि छानबिन गरी कारबाही गर्न अख्तियारले कदम चाल्नुपर्ने उनको माग छ।

०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित मेयर तामाङ सुरुवाती चरणदेखि आलोचित हुँदै आएका छन्। यसअघि बिना वातावरणीय परीक्षण स्थानीय खोलामा उत्खनन गरेको पाएपछि विरोधमा उत्रिएका स्थानीय र पत्रकारमाथि ९ नं. वडाध्यक्षले कुटपिट गर्दा बचाउ गरेको तथा सुरुदेखि नै कर्मचारी भर्नामा एक्लौटी गर्दै आएको जन-गुनासो लगायत विभिन्न आरोप उनीमाथि लाग्दै आएको छ। मेयर तामाङमाथि हरेक कुरामा एमालेकरण गर्ने गरेको आरोप लाग्दै आएको छ। एकपछि अर्को गल्ती गर्दै लाने तर, सच्चिन नचाहने प्रवृत्तिविरुद्ध मेयर तामाङलाई सचेत गराउन ताला लगाउनु परेको जसपाका स्थानीय नेता गोपाल राईले बताए। यो साङ्केतिक विरोध मात्र भएको भन्दै राईले जनप्रतिनिधिहरू नसुध्रिए अर्को चरणमा सशक्त सङ्घर्ष गर्ने चेतावनी पनि दिए।

नगरपालिकामा लगाइएको ताला दिउँसो खुलेको थियो। प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले मध्यान्ह लगाएको ताला सुरक्षाकर्मीले केही घण्टापछि खोलेर कार्यालय सुचारु भएको बताए। सुरुमा ज्ञापन पत्र बुझाउने खबर आएकोमा निकै ठूलो समूह हुलहुज्जत गर्दै नगरपालिका प्रवेश गरेर आफ्नो र मेयरको कार्यकक्षमा ताला लगाएको उनले बताए।

तर, इलाका प्रहरी कार्यालय बेलटार र सशस्त्र प्रहरी बेसक्याम्प बेलटारको संयुक्त टोली आएर ताला फोडेर कार्यालय सुचारु गराएको गुरागाईँले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , CPN (Maoist Center) and affiliated org , Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments