Incident Reports

प्लस टु पास गरेरमात्र विदेश पढ्न जान पाइने व्यवस्था खारेजीको माग गर्दै प्रदर्शन

2023-04-18

Bagmati, Kathmandu, Kathmandu

शिक्षा मन्त्रालयले प्लस टु पास गरेपछि मात्र अध्ययनका लागि विदेश जान दिने भनी ल्याएको व्यवस्था खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। मंगलबार उनीहरूले बानेश्वरमा प्रदर्शन गरेका हुन्।

उनीहरूले 'शिक्षा हाम्रो भविष्य हो', 'हामीलाई एनओसी चाहियो' लगायत लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। सरकारले विद्यालय तहका विद्यार्थीलाई विदेश पढ्न जान रोक्ने गरी निर्देशिका ल्याएको छ।
यसअघि भाषालगायत विभिन्न कोर्स पढ्न विदेश जानेहरूलाई पनि मन्त्रालयले नो अब्जेक्सन लेटर (एनओसी) दिने गरेको थियो।

सरकारले फागुन १८ गते जारी गरेको निर्देशिकामा स्नातक वा त्योभन्दा माथिको उच्च शिक्षा पढ्न जानेका लागि मात्र एनओसी दिइने उल्लेख छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा मन्त्रालयको समेत जिम्मेवारी लिएका बेला एनओसीमा कडाइ गर्ने निर्देशिका ल्याइएको थियो। पहिलो पटक ल्याइएको यस्तो निर्देशिका चैत १९ गतेदेखि लागु भइसकेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments