Incident Reports

नारायणगढमा झ्याली पिट्दै भ्रष्टाचारको विरोध

2023-05-12

चितवन — भ्रष्टाचारकाविरूद्ध शुक्रबार बिहान नारायणगढ बजारमा स्थानीयले प्रदर्शन गरेका छन् । बजारको बालकुमारी चोकमा स्थानीयहरू झ्याली बजाउँदै प्रदर्शनमा उत्रेका थिए ।

'सरकार हिम्मतका लागि आभार, खुट्टा कमाए खबरदार' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर स्थानीय व्यवसायी, राजनीतिक तथा सामाजिक व्यक्तित्व र अन्य सर्वसाधरणहरू प्रदर्शनमा सहभागी भएका थिए ।

प्रदर्शनमा सहभागी स्थानीय अमरदेव प्रधानले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दालाई सरकारले टुङ्गोमा पुर्‍याउनै पर्ने र त्यसका लागि दबाब दिन आफूहरू प्रदर्शनमा उत्रेको बताए । चितवनमा शुक्रबार साँझ साहित्यकार तथा चित्रकारले भरतपुर चौबिसकोठीमा भ्रष्टाचारका विरोधमा रचना प्रस्तुत गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments