Incident Reports

'एकचोटिको भ्रष्टाचारी, सधैंको अपराधी' भन्दै संसद भवनअगाडि प्रदर्शन

2023-05-15

Bagmati, Kathmandu, Kathmandu

भ्रष्टाचारको ५ वर्षे हदम्याद विधेयक खारेज गर्न माग गर्दै काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि प्रदर्शन भएको छ। 'एकचोटीको भ्रष्टाचारी, सधैंको अपराधी' भन्दै प्रदर्शन भएको हो। नेपाली कांग्रेसका नेता रञ्जित कर्ण र नेविसंघका नेताहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनस्थलबाट नेविसंघ नेताहरू प्रेमिका राना मगर, धर्म शाही, मन्दिप शाह, हिक्मत शाहीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई तीनकुनेस्थित प्रहरी वृत्तमा राखिएको छ। प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा धर्म शाही र हिक्मत शाही घाइते भएको नेविसंघले जनाएको छ। भ्रष्टाचारको ५ वर्षे हदम्यादसम्बन्धी विधेयक संसदमा टेबुल हुन लागेकोले त्यसको विरोधमा प्रदर्शन भएको हो। भ्रष्टाचारको कुनै हदम्याद नहुने भन्दै उनीहरूले प्रदर्शन गरेका छन्। ‘भ्रष्टाचारमा हदम्याद राखेर संरक्षण गर्नु गम्भीर गल्ती हो। तत्काल खारेज गर्नुपर्छ भनेर हामीले प्रदर्शन गरेका हौं,’ नेविसंघ नेता भुवन भट्टले भने।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Government and civil servants at central level
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments