2023-05-19
नेपागलगञ्ज उपमहानगरपालिका–१७ परसपुर स्थित ट्राफिक प्रहरीले जेठ ६ गते गरेको चेकजाँचका क्रममा भएको विवादपछि स्थानीयले गरेको आक्रमणमा परी ट्राफिक प्रहरी असई जङ्गबहादुर बस्नेत र ट्राफिक प्रहरी जवान मानबहादुर ठगुन्ना घाइते भएका छन् । घाइते दुवै जनाको उपचार भेरी अस्पताल नेपालगञ्जमा गरिएको ट्राफिक प्रहरीले जनायो ।
ट्राफिक प्रहरीका इन्स्पेक्टर तिलक सुनारका अनुसार चेकजाँचको क्रममा भाग्न खोजेका मेराज शेष सवार भे ११ प १२५५ नं. प्लेटको बुलेट मोटरसाइकल अनियन्त्रित भई अर्को मोटरसाइकलसँग ठोक्किनै लाग्दा जोगिने क्रममा लडेर घाइते हुनु भएको छ ।
घाइते शेषलाई प्रहरीले उद्धार गरी भेरी अस्पताल पुर्याएको थियो । शेषको उपचार सोही अस्पतालमा गरिएको थियो ।ट्राफिक प्रहरीले गरेको चेकजाँच अनावश्यक रहेको र चेकजाँचकै कारण शेष दुर्घनामा परी घाइते भएको भन्दै प्रहरीमाथि स्थानीय जाइलागेका थिए ।
ट्राफिक प्रहरी असई जङ्गबहादुर बस्नेतलाई स्थानीयले घरेलु हतियार हँसिया तथा भाँटा प्रयोग गरी आक्रमण गरेका इन्स्पेक्टर सुनारले बताउनु भयो । घटना लगत्तै गणेशमान चौकदेखि परसपुरसम्म ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएका थियो । शेषसँग उक्त समयमा हेल्मेट नलगाई र सवारी लाइसेन्स तथा ब्लुबुक समेत नरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीमगरले घाइतेको सामान्य अवस्था रहेकाले कानुनी प्रक्रियामा जान नपर्ने बताउनु भयो ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (large group) |
Weapons | Sharp weapon , Other |
Primary Cause | Extra-judicial response to traffic accidents |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | 2 |
Actor 2 - Affiliation (Target) | Police |
Actor 2 - Youth | na |
Total Injured | 2 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD