Incident Reports

बारामा विद्यार्थी र प्रहरीबीच झडप, स्थिति तनावग्रस्त

2023-05-22

Madhes, Bara, Suwarna

बाराको कवहिगोठमा स्थित सुवर्ण गाउँपालिकाको कार्यालयमा सोमबार विद्यार्थीहरूले तोडफोड गरेका छन्।

सुवर्ण गाउँपालिका ४ हर्दियामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले गाउँपालिकाको कार्यकक्ष तोडफोड गरेका हुन्।

विद्यालयका प्रधानाध्यापक राम एकबाल साहलाई हर्दियाबाट नेरा माध्यमिक विद्यालय देवापुरमा सरुवा गरिएको विरुद्धमा विद्यार्थीहरू आक्रोशित भएर तोडफोड सुरु गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

सरुवाको विषयलाई लिएर आक्रोशित भएका विद्यार्थीहरूले गाउँपालिका कार्यालयमै पुगेर कार्यालयमा रहेको टेबल, कुर्सी , झ्यालको सिसा लगायतका सामानहरु तोडफोड गरिएको उनले बताए।

बोगटीका अनुसार विद्यार्थीसँगै उत्सिखल तत्त्वहरू मिलेर सुरक्षाकर्मी माथि नै आक्रमण गर्दा प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डे सहित एक दर्जन सुरक्षाकर्मी घाइते भएका छन्।

स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुले हवाई फायर र अश्रुग्याँस समेत प्रहार गर्नुपरेको उनले सुनाए। उनका अनुसार हजारौँको संख्यामा विद्यार्थीहरु भाग दौड गर्ने क्रममा केही विद्यार्थी समेत घाइते भएका छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms , Other
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Killed 12
National/Online Media

0 Comments