Incident Reports

सुत्केरी महिलाको मृत्यु भएको भन्दै पीडित पक्षद्वारा अस्पतालमा तालाबन्दी – इन्सेक

2023-06-03

Karnali, Mugu, Chhayanath Rara, Ward 13

जिल्ला अस्पातलको लापरबाहीका कारण गर्भवति महिलाको ज्यान गएको भन्दै पीडितद्वारा जेठ २० गते जिल्ला अस्पातलको प्रशासन कक्षमा ताला लगाएका छन् । पीडित पक्षले छलफल गरिपाउँ भन्दै सोही दिन नै निवेदन समेत दिएका थिए ।

अस्पातलका प्रमुख कमल ढुङ्गाना काम विषेशले मुगुम कार्माङ गाँउपालिकामा गएकाले उहाँ फर्केपछि थप छलफल गरिने सहमति भएको पीडितका आफन्त लेखराज परियारले बताउनु भयो ।

'जिल्ला अस्पातलका निमित्त प्रमुख कुशान्त भण्डारी र जिल्ला स्थितसञ्चारकर्मी तथा अधिकारकर्मीको रोहबरमा अस्पातलका प्रमुख आइसकेपछि जिल्ला प्रशासनमा छलफल गर्ने सहमतिमा ताला खोलेका हौँ ।'-लेखराज परियारले बताउनु भयो ।

छाँयानाथ रारा नगरपालिका-१३ की ३० वर्षीया राजु नेपालीलाई जेठ १८ बिहान देखि सुत्केरी व्यथाले च्यापेको थियो । घरमा सुत्केरी हुन नसकेपछि आफन्त र घरपरिवारले जेठ १९ गते बेलकी सुत्केरी गराउन जिल्ला अस्पतालमा पुर्याएपनि सुत्केरी गराउन शल्यक्रियाकालागि चिकित्सकको लापरबाहीले लठ्याउने औषधि प्रयोग मार्फत मृत्यु भएको मृतकका पति ३४ वर्षीय मयलाल नेपालीले आरोप लगाउनु भएको हो ।

अस्पतालमै आमा र गर्भ भित्रको बच्चाको ज्यान गयो सरासर अस्पातलकै कमजोरीका कारण राजुको ज्यान गएको हो । उनको ज्यान जानुको मुख्य कारणनै अस्पातलको कमजोरी रहेको छाँयानाथ रारा नगरापालिका-१३ का वडा अध्यक्ष बिरबहादुर खड्काले बताए ।

जिल्ला अस्पातलमा तत्कालै शल्यक्रिया गरेर बच्चा निकाल्न समस्या हुन सक्ने भन्दै मृतकका पतिलाई जानकारी गराइएको थियो । तत्काल रिफर गरेर जुम्ला पुर्‍याउँदा बाटोमै आमा र बच्चाको ज्यान खतरामा हुने देखिपछि गर्भवति र उनका पतिको लिखित सहमतिमा जिल्ला अस्पातलमै शल्यक्रिया गर्ने तयारी गरी शल्यक्रिया कक्षमा लठ्याउने औषधि प्रयोग गर्दा एक्कासी बेहोस भएपछि सबै खाले प्रक्रिया अपनाउदा समेत बचाउन नसकिएको जिल्ला अस्पातलका प्रमुख ढुङ्गानाले बताउनु भयो ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
INSEC

0 Comments