Incident Reports

गेटा मेडिकल कलेज विवाद थप पेचिलो बन्दै

2023-06-11

Sudurpashchim, Kailali, Godawari

कैलाली । गत माघ २९ गते प्रस्तावित गेटा मेडिकल कलेजलाई सरकारले मन्त्रिपरिषदबाट शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।

सोही अनुसार जेठ ५ गतेको नीति तथा कार्यक्रममा समेत उल्लेख गरियो । तर जेठ १५ गते संसदमा अर्थमन्त्रीले पेश गरेको बजेटमा भने गेटामा शहिद दशरथचन्द स्वास्थ्य प्रतिष्ठान बनाउने भनियो ।

बजेटमा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रतिष्ठानमा झारिएपछि यतिबेला स्थानीयहरु संघर्ष समिति नै बनाएर सरकार विरुद्ध आन्दोलित भएका छन् ।

गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने औपचारिक निर्णय नेपाल सरकारले २०७९ माघ २९ गते गरेको थियो ।

तत्कालीन प्रतिनिध सभा सदस्यहरूसँग छलफल गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्बाट विश्वविद्यालय स्थापना गर्ने नीतिगत निर्णय पारित गराएका हुन् । तर, जेठ १५ गते संसदमा अर्थमन्त्रीले पेश गरेको बजेटमा भने गेटामा शहिद दशरथचन्द स्वास्थ्य प्रतिष्ठान बनाउने भनिएपछि गेटामा अहिले संर्घष समिति बनाएर विरोध प्रदर्शन भइरहेको छ ।

संघर्ष समितिले बिहिबार मुल गेटमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको बोर्ड समेत राखेको छ ।

सरकार आफैले गरेको निर्णयबाट पछि हटेर सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय काटेर प्रतिष्ठानमा झारेको भन्दै जस्तोसुकै परिस्थितिको सामना गर्ने तर सरकारको यो निर्णय कुनै पनि हालतमा नमान्ने संघर्ष समितिको अडान छ ।

आफ्नो माग पुरा गराउन जेठ १५ गते देखि नै विभिन्न चरणमा प्रदर्शन गर्दै आएको संघर्ष समितिले विहबिार गोदावरी नगर क्षेत्र र अत्तरिया बजार बन्द गरेको थियो ।

समितिले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेका सांसदहरुलाई दबाब दिन एसएमएस पनि पठाउन थालेको छ । यस्तै संघर्ष समितिले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै जेठ २८ गते सुदुरपश्चिम प्रदेश ठप्प हुनेगरि आमहड्ताल गर्ने बताएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments