Incident Reports

भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै प्रहरी प्रशासनविरुद्ध एमालेको प्रदर्शन

2023-06-17

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम । आफ्ना नेता कार्यकर्ता माथि झुटा मुद्दा लगाइ पक्राउ गर्न खोजेको भन्दै धनुषाका प्रहरी प्रशासनविरुद्ध नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले जनकपुरमा प्रदर्शन गरेको छ । एमाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशङ्कर अरगरियाको नेतृत्वमा एमाले नेता कार्यकर्ताहरूले जनकपुर नाराबाजी सहित नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी समेत प्रदर्शन गरेका हुन् ।

भ्रष्टाचारमा लिप्त शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्तप्रसाद शर्माको संरक्षणमा लागेको भन्दै एमालेले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काविरुद्ध प्रदर्शन गरेका हुन् ‌। एमालेका नेता कार्यकर्ताहरूले जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै एसपी खड्का र शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मा विरुद्ध प्रदर्शन गरे ।

भ्रष्टाचारको आरोप लागेका इकाई प्रमुख शर्मालाई कारबाही गर्नुको साटो झन् संरक्षणमा लागेको पूर्वमन्त्री अरगरियाले आरोप लगाए । शुक्रबार दिउँसो युवाहरूको एक समूहले शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मालाई कालोमोसो दलेका थिए । उक्त घटनामा आफ्ना नेता कार्यकर्तालाई फसाउन खोजेपछि बाध्य भएर आफूहरू सडकमा आउनुपरेको अरगरियाले बताए । शिक्षक सरुवा, पदस्थापन, शिक्षक नियुक्ति लगायतको काममा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्माले घुस खाएको भन्दै शर्मालाई युवाहरूको समूहले कालोमोसो दलेको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments