2023-06-23
शान्तिनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुलसीपुर उप–मनपा–९ का २८ वर्षीय सुमन पाण्डेलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–२ का अध्यक्ष २५ वर्षीय सुनिल वलीलाई ०८० असार ८ गते नारायणपुरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको कार्यकक्षमा असार ७ गते कुटपिट गर्दै योजनाको फाइलसमेत च्यातेपछि पीडित पक्षले असार ७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए ।
कुटपिटबाट शरिरका विभिन्न भागमा चोट लागेका पाण्डेको असार ७ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भयो ।
प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।
यसअघि, वडाध्यक्ष वलीले ०७९ फागुन १९ गते शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख कार्यकारी अधिकृत डिल्ली खड्कालाई पनि हातपात गरेपछि घटना नदोहोर्याउने शर्तमा मिलापत्र गरिएको थियो ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | None |
Primary Cause | Other governance issues |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | noyouth |
Total Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD