Incident Reports

अस्पतालको लापरवाहीले बालकको मृत्यु, मृतक पक्षको विरोध प्रदर्शन पछि अस्पतालको सेवा अवरुद्ध – इन्सेक

2023-07-16

Lumbini, Dang, Ghorahi

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको लापरवाहीका कारण को घोराही उपमनपा–३ का ११ वर्षीय आक्रोश नेपालीको उपचारको क्रममा असार २८ गते मृत्यु भएको छ । घटनाका विषयमा मृतक पक्षले बिरोध प्रदर्शन गरे पछि अस्पतालको सेवा अवरूद्ध भएको छ ।

छारे रोगका कारण असार २६ गते भर्ना भएका बालकको असार २८ गते विहान एमआरआई गर्न जाँदा बिरामीलाई ह्विलचेयर र अक्सिजन सिलिण्डरसहित लगेपछि ढोकाबाटै चुम्बकले तानेर एमआरआई मेसिनमा टाँसिएपछि चोट लागेर गम्भीर घाइते भएका बालकको असार २८ गते उपचारकै क्रममा मृत्यु भएको मृतककी फूपु सरिता नेपालीले जानकारी दिनुभयो ।

‘एमआरआई गर्ने मेसिनले ढोका खोल्नेवित्तिकै बिरामीसहित सिलिण्डर तानेर लाग्यो, त्यस्कै चोटले बिरामीको मृत्यु भयो । धातुजन्य वस्तु लैजान नहुने थाहा पाउँदा पाउँदै लापरबाही गरेर अक्सिजन सिलिण्डर लैजादा ज्यान गयो ।,’  –सरिताले भन्नु भयो ।

प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले एमआरआई गर्ने कोठामा  सिलिण्डर लैजाने त्रुटि भएपनि सिलिण्डरले बिरामीलाई कुनै चोट नलागेको र छारे रोगका कारण बिरामीको मृत्यु भएको बताउनु भयो ।

मृतकका आफन्तले लापरवाहीले बालकको ज्यान गएको भन्दै असार २८ गतेदेखि विरोध प्रदर्शन गरिरहेका छन् । असार २९ गते प्रतिष्ठान घेराउ गरेका छन् भने घोराही लमही सडक खण्ड बिहान ११ बजेदेखि अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका कारण प्रतिष्ठानको ओपिडी लगायतका सबै सेवा बन्द भएका छन् ।  अस्पतालमा भर्ना भएका बिरामीहरूको भने उपचार भइरहेको प्रतिष्ठानका रजिष्ट्रार थापाले जानकारी दिनुभयो ।

सहमतिका लागि असार २८ गते बसेको द्विपक्षीय बार्ता असफल भएपछि असार २९ गते पुनः वार्ता सुरू भएको छ । पीडित पक्षले क्षतिपूर्ति स्वरूप २५ लाख रूपियाँ माग गरेका छन् भने सहमति नहुँदासम्म मृतकको शव नउठाउने पीडित पक्षले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
INSEC

0 Comments