Incident Reports

राहत नपाएको गुनासो

2014-11-08

Bagmati, Rasuwa, Naukunda

Hemnath Khatiwada सशस्त्र द्वन्दका पीडित यार्सा गाविस -१ का ५० वर्षीय सुकुबहादुर तामाङले अहिलेसम्म रहात नपाएको गुनासो गरेका छन् । माओवादी भएको आरोपमा सुरक्षाकर्मीले गिरफ्तार गरी चरम शारीरिक तथा मानसिक यातना दिएको र धेरैले सरकारबाट राहत पाए पनि आफूले केही नपाएको उनले बताए । अपाङ्गता भएका उनले ०६७ सालमा अपाङ्ग परिचय पत्र पाएका छन् । 'राज्यले मात्र होइन आफ्नै पार्टी नेकपा माओवादीले पनि वास्ता गरेन' उनले दुःखेसो गरे । उनलाई प्रहरी तथा नेपाली सेनाले पटक पटक गिरफ्तार गरी यातना दिएका थिए । उनलाई ०६२ साल फागुन १५ गते गिरफ्तार गरी ५ महिनासम्म रसुवा कारागारमा राखिएको थियो । जनआन्दोलन ०६२/०६३ को सफलतापछि इन्सेक प्रतिनिधि तथा पत्रकारहरूको रोहवरमा रिहा भएका थिए । उनको मस्तिष्क र हड्डीको समस्या देखिएपछि आफ्नो सबै जग्गा बेचेर उपचार गरेका थिए । शान्ति समितिदेखि मन्त्रालयसम्म धाए पनि आफ्नो कुराको सुनुवाइ नभएको उनले बताए । उनले इन्सेकक रसुवा जिल्ला प्रतिनिधिसँगको भेटमा आफ्नो समस्या उठान गरिदिन अनुरोध गरे । विकको हकमा जिल्लामा निवेदन परेको र आफ्नो कार्यकालमा द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत सङ्कलन कार्यदलको बैठक नबसेकोले अवको बैठकमा छलफल गर्ने, द्वन्द पीडितहरूले राहत पाए नपाएको बारेमा बुझेर सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद भट्टर्राईले बताए । हेमनाथ खतिवडा

0 Comments

Related Reports