Incident Reports

लहानमा काँग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा दुई घाइते

2015-01-01

Madhes, Siraha, Lahan

सिरहाको लहान नगरपालिका–१ स्थित सहिद चोकमा नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच गएराति पटक–पटक झडप भयो । झडपमा दुईजना घाइते भएको बताइएको छ । दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार झडपका क्रममा लहान नगरपालिका–१ का प्रमोद यादव र सोठिआइन गाविसका सुमेश यादव घाइते भएका हुन् । स्रोतका अनुसार यादवद्वय एमालेका कार्यकर्ता हुन् । उनीहरुको उपचार लहान अस्पतालमा भइरहेको छ । झडपमा उत्रने काँग्रेसका दुई कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ । लहान नगरपालिका–१ का पप्पु यादव र इटहर्वा गाविस–४ का रुपेश यादव पक्राउ परेका हुन् । लहान–१ स्थित होटल पाराडाइजमा एमालेका नेता तथा कार्यकर्ता बसेका बेला पक्राउ परेका यादवद्वयले ढुङ्गा हानेपछि विवाद भएको थियो । “पहिलोपटक सामान्य विवाद भएपछि हामीले गएर साम्य पार्यौँ,” प्रहरी नायब उपरीक्षक फुयाँलले भने – “केही बेरमै पुनः दुवै पक्ष झडप उत्रियो । त्यसपछि पुनः गएर झडप गर्ने दुईजनालाई पक्राउ गरेका छौँ ।” पक्राउ परेकाहरुमाथि आवश्यक कारबाही गर्ने उनले बताए । झडपपछि रातभर त्यहाँ नेपाल र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति थियो । झडप पुनः हुन सक्ने सम्भावना रहेका कारण प्रहरीले नै राति पसलहरु बन्द गराएर व्यापारीलगायतका मानिसलाई घर गइहाल्न आग्रह गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth na
Total Injured 2
Youth Injured n/a
National/Online Media

0 Comments