Incident Reports

तराई मधेशी टाईगर्स पार्टीले सरकारलाई हतियार बुझायो

2015-01-05

 मधेसमा ससस्त्र संघर्षरत तराई मधेशी टाईगर्स पार्टीले सरकारलाई आईतबार भैरहवामा हतियार बुझाएको छ। गत मंसिर २६ गते भैरहवामा सम्पन्न सहमती अनुसार पार्टीले आईतबार सरकारलाई हतियार बुझाएको हो। संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिबाट गठित प्रारम्भिक वार्ता उपसमिति र भुमिगत तराई मधेशी टाईगर्स पार्टीबीच गत मंसिर २६ गते भैरहवामा चार बुँदे सहमति भएको थियो। जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा टिफिन बम ३ थान, सानो पाईप बम ४ थान, ठूलो पाईप बम ५ थान, नल कटुवा पेस्तोल ३ थान, कुकर बम ३ थान, ग्रेनेड ५ थान र १२ बोरको कारतुस ५ थान गरी कुल २८ थान हतियार बुझाएको हो। पार्टीसँग १ सय ३० थान हतियार रहेपनि त्यौ भारतमा रहेकाले तत्काल बुझाउन नसकेको पार्टीका केन्द्रीय अध्यक्ष बिक्रम पाण्डे भनीने जर्नादन यादवले बताए। ति हतीयार पुस २७ गते बुझाउने उनले बताए। सरकारद्धारा गठित वार्ता उपसमिति संयोजक आनन्दप्रसाद ढुङ्गाना, वार्ता समितिका सदस्य एवम रुपन्देही क्षेत्र नं. ५ का सभासद सर्वेन्द्रनाथ शुक्ला, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी, तराई मधेशी टाईगर्स पार्टीका केन्द्रीय अध्यक्ष बिक्रम पाण्डे भन्ने जर्नादन यादव, पार्टीका तर्फबाट वार्ता संयोजक जयप्रकाश यादव, सदस्य राम मिलन चौधरी लगायतको उपस्थितिमा हथियार बुझाईएको रुपन्देही प्रहरी प्रमुख एसपी राजेन्द्र ढकालले जानकारी दिए। सो अवसरमा आफ्ना २५ जना कार्यकर्ता राज्यले बिभिन्न मुद्दामा हिरासतमा राखेकोले उनीहरुलाई सहमती अनुसार छाड्न पार्टीका वार्ता टोली संयोजक जय प्रकाश यादव आग्रह गरे। उनले शसस्त्र गतिविधिबाट भन्दा शान्तीपूर्ण रुपमा आफ्ना मागहरु पूरा हुनेमा आफूहरु बिस्वस्त रहेको यादवले बताए। संविधान सभाबाट संविधान निर्माणको लागि सबै पक्षको योगदान सुनिश्चित गरि संविधान निर्माणको निम्ति सहज वातावरण श्रृजना गर्न संवैधानिक राजिनतिक संवाद समितिबाट गठन भएको प्रारम्भिक वार्ता टोली सक्रिय रहेको वार्ता टोलीका संयोजक आनन्द प्रसाद ढुङ्गानाले बताए।

0 Comments