Incident Reports

बाराको सिम्रौनगढ घटनामा क्षतिपूर्ति र कारबाहीका लागि आयोगको सिफारिस

2015-01-06

Madhes, Bara, Simraungadh

 राष्ट्रिय मानव अधिकार आयोगले ०७१ असोज २५ गते बारा जिल्लाको सिम्रौनगढमा घटेको घटनाबारे क्षतिपूर्ति र कारबाहीका लागि सरकारलाई सिफारिस गरेको छ । सिम्रौनगढमा विद्यार्थी तथा र्सवसाधारणले निकालेको जुलुसमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको र अर्का एकजना घाइते भएको घटनामा मृतकको हकवाला र घाइतेलाई क्षतिपूर्ति दिन र दोषीलाई कानुनी कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गरिएको आयोगका कामु सचिव वेदप्रसाद भट्टराईद्वारा पुस २२ गते जारी विज्ञप्तिमा उल्लेख छ । आयोगले घटनामा परी मृत्यु भएका बारा जिल्ला हरिहरपुर-७ का ४२ वर्षीय जयनारायण पटेलको हकवालालाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिन तथा उनकी तीन छोरी र एक छोरालाई उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्न सिफारिस गरेको छ । यसैगरी सोही घटनामा घाइते भएका हरिहरपुर- ५ का ३० वर्षीय महम्मद साह हवारीलाई एक लाख रुपियाँ क्षतिपूर्ति दिन पनि सिफारिस गरिएको छ । घटनामा सुरक्षा बलको नेतृत्व गर्ने प्रहरी कर्मचारीलाई 'नेपालको अन्तरिम संविधान, २०६३' को धारा १३२ (२) (ङ) बमोजिम विभागीय कारर्बाही गर्न र गोली चलाउने प्रहरीको पहिचान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न पनि सिफारिस गरिएको छ । रमेशप्रसाद तिमल्सिना
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Unclear
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations APF
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Total Injured 1
National/Online Media , INSEC

0 Comments