Incident Reports

जनजातिद्वारा बानेश्वरमा प्रदर्शन

2015-01-06

Bagmati, Kathmandu, Kathmandu

पहिचानसहितको संघीयताको माग राखेर आदिवासी जनजातिहरुले बानेश्वरस्थित संविधानसभा भावन अगाडि प्रदर्शन गरेका छन् । लिम्बुवान, किराँत, ताम्सालिङलगायत जातीय पहिचान सहितको संघीय प्रदेशहरुको माग गर्दै उनीहरुले 'अकुपाई बानेश्वरु' नाममा प्रदर्शन सुरु गरेका हुन् । ईतिहासदेखि आफ्नो थातथलो, भाषा, संस्कृतिलगायतका छुट्टै पहिचान बोकेका देशको ३७ प्रतिशत जनसंख्या ओगटेको आदिवासी जनजातिलाई राज्यले उपेक्षा गरेको भन्दै राज्यको हरेक अंङ्ग, तह र तप्कामा आफुहरुलाई पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने उनीहरुले माग गरेका छन् । धर्म निरपेक्षतालाई संस्थागत गर्नुपर्ने, समानुपातिक निर्वाचन प्रणाली सुनिश्चित गर्नुपर्ने लगायत ९ बुँदे माग सहित आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले दोस्रो चरणको आन्दोलन सुरु गरेको छ । मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको नेतृत्वको आन्दोलनमा विभिन्न आदिवासी जनजाति संघसंस्था, राजनीतिक दलका भातृसंस्थाहरु तथा अगुवाहरु रहेका छन् । प्रदर्शनका क्रममा लिम्बु र किराँत समुदायले सांस्कृतिक नाच साकेला नाचेर सहभागीता जनाएका थिए । प्रदर्शन पुस २४ गतेसम्म जारी रहने जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Adivasi/Janajati
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis