Incident Reports

एमाओवादीको बन्दले पश्चिमाञ्चलको जनजीवन प्रभावित

2015-01-11

Lumbini, Palpa, Bagnaskali

गुल्मी, पुस २७ - एमाओवादी सहितको ३० दलीय मोर्चाको बन्दले गुल्मी सहित मगराँत क्षेत्रको जनजिवन प्रभावित भएको छ । मोर्चाले सहमतिका आधारमा पहिचान सहितको संविधान जारी गर्न माग गर्दै क्षेत्रगत बन्दको आहृवान गरेको हो । बन्दले गुल्मी, अर्घाखाँची, बाग्लुङ, पाल्पा, म्याग्दी, प्यूठान, रोल्पा, रुकुम र सल्यान जिल्लाको जनजिवन प्रभावित भएको हो । बन्दका कारण गुल्मीबाट लामो तथा छोटो दुरीका कुनै पनि साधन चल्न सकेका छैनन् । विद्यालय, उद्योग, बजार लगायत सबै बन्द भएको छ । प्रेस, एम्बुलेन्स, दुध र कृषि जन्य सामाग्री बोकेका सवारी साधन, शब बाहन लगायतका सवारी साधनहरु नरोकिएको एमाओवादी जिल्ला सचिव युवराज केसीले बताए । के.सीका अनुसार साँझ ५ बजेपछि बन्द खुल्ने छ । गुल्मीको रिडीमा माघ १ गते लाग्ने माघे संक्रान्ति मेलाका लागि भने बजार र यातायात खुल्ला रहेको एमाओवादीले जनाएको छ । एमाओवादीका कार्यकर्ताहरु विहानै देखि छिटफुट रुपमा खुलेका पसलहरु समेत बन्द गराउँदै हिंडेपछि जनजविन थप प्रभावित बनेको हो । मगराँतसंगै मोर्चाले आज तमुवान, लिम्बुबान र किंरात क्ष्ाेत्रमा समेत बन्दको आहृवान गरेको एमाओवादीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Violence during arrest/detention
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations APF
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
Total Injured 5
National/Online Media

0 Comments

Related Trend Analysis