Incident Reports

पहिचानसहितको संघीयता माग्दै पूर्व बन्द, वैद्यको बन्दले पश्चिममा पनि सास्ती

2015-01-12

Nepal

पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान बनाउनुपर्ने माग राखेर एकीकृत माओवादीसहितको ३० दलीय मोर्चाले गरेको बन्दका कारण सोमबार दोस्रो दिन पनि पूर्वी तराईको जनजीवन प्रभावित भएको छ । पूर्वी तराईका सुनसरी, मोरङ, झापा, सप्तरी र सिराहाको जिल्लाको जनजीवन थप कस्टकर बन्दै गएको छ । बिहानै सडक र बजार बन्द गराउँंदै हिँडेका मोर्चाका कार्यकर्ताहरुले शैक्षिक संस्था, यातायात र कलकारखाना सन्चालन गर्न दिएका छैनन् । आइतबार किराँत, लिम्बुवान र खम्बुवान क्षेत्रमा बन्द गरेको मोर्चाले आज थरुहट प्रदेश बन्द गरेको संघीय समाजवादी पार्टी सुनसरीका सचिव ताजुव लिम्बुले बताए । बन्दका कारण, पूर्वी तराईका मुख्य धरान, इटहरी, दमक, विर्तामोड, काँकडभिट्टा, राजविराज, लाहान, मिर्चैयालगायतका बजारहरु पूर्ण रुपमा ठप्प छन् । उता, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले भने सोमबार (आज) तमुवान र मगराँत क्षेत्र बन्द गराएको छ । बन्दले पाल्पा, स्याङ्जा, पर्वत, तनहुँ, कास्कीलगायतका जिल्लाको जनजीवन आज पनि प्रभावित भएको छ । आइतबार ३० दलीय मोर्चाले यस क्षेत्र बन्द गराएको थियो ।

0 Comments

Related Trend Analysis