Incident Reports

कुपण्डोल झडपले अवस्था तनावग्रस्त, साझा बसमाथि तोडफ

2015-01-13

Bagmati, Lalitpur, Lalitpur

ललितपुरको कुपण्डोलमा आन्दोलनकारी र प्रहरीबिच दोहोर झडप भएको छ । प्रहरी स्कटिङमा चलेको साझाबसलाई आन्दोलनकारीले नचलाउन आग्रह गर्दा प्रहरीले एक्कासी आन्दोलनकारीमाथि लाठीचार्ज गरेपछि आन्दोलनकारीले पनि साझाबस तोडफोड गरेको हाम्रा संवाददाताले बताएका छन् । झडपको क्रममा तीन प्रहरी र एक दर्जन आन्दोलनकारी घाइते भएका छन् भने तोडफोड भएको साझाबसलाई प्रहरीको स्कटिङमा अन्यत्र लगिएको छ । अहिले कुपण्डोलको अवस्था तनावग्रस्त छ । सशस्त्रको एसएसपी, जनपथको एसपी पुष्प रञ्जित, ललितपुर जिल्ला प्रशासनका सिडिओ यादव प्रसाद कोइरालासहित हाल कुपण्डोल केन्द्रित छन् । अहिले आन्दोलनकारी र प्रशासनबिच कुराकानी भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका वाइसिएल नेवाःराज्य उपाध्यक्ष विश्वास डिसीले बताएका छन् । ‘तिमी साझा नचलाउ, हामी तोडफोड गर्दैनौँ’ भनेपछि साझा नचलाउने प्रतिवद्धता प्रशासनले जनाएको डिसीले बताए । यसैबिच, बानेश्वरमा भिजिलान्ते र आन्दोलनकारीबिच पनि झडप भएको समाचार छ । भिजिलान्तेहरुले सडकमा बसिरहेका आन्दोलनकारीलाई एक्कासी आक्रमण गरेपछि झडप भएको हो । आन्दोलनकारीले प्रतिरोध गरेर भिजिलान्तेहरुलाई भगाएका छन् भने प्रहरीले एकजना आन्दोलनकारी गिरफ्तार गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 15
National/Online Media

0 Comments