Incident Reports

अख्तियारको मुद्दा मिलाई दिन्छु भन्दै रकम असुल्ने दम्पती पक्राउ

2015-01-13

Province 1, Morang, Kanepokhari

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी मिलाई दिने भन्दै पैसा असुल्ने एक दम्पतीलाई विराटनगरबाट अख्तियारको टोलीले आज पक्राउ गरेको छ। अख्तियारको टोलीले नेपाल हिन्दु धर्म संरक्षण मञ्चका महासचिव रामबहादुर भण्डारी र उनकी पत्नी तुलसा भण्डारीलाई ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो। अख्तियारको पूर्वाञ्चल क्षेत्रीय प्रमुख डुल्लुराज बस्नेतका अनुसार सुनसरी–मोरङ सिचाई आयोजनाको अख्तियारमा परेको उजुरीमा मुद्दा मिलाई दिने भनेर ५० हजार पैसा लिँदै गर्दा मोरङ कटहरी निवासी भण्डारी दम्पती पक्राउ परेका हुन्। इटहरी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी मिलाई दिने भन्दै पैसा असुल्ने एक दम्पतीलाई विराटनगरबाट अख्तियारको टोलीले आज पक्राउ गरेको छ। अख्तियारको टोलीले नेपाल हिन्दु धर्म संरक्षण मञ्चका महासचिव रामबहादुर भण्डारी र उनकी पत्नी तुलसा भण्डारीलाई ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो। अख्तियारको पूर्वाञ्चल क्षेत्रीय प्रमुख डुल्लुराज बस्नेतका अनुसार सुनसरी–मोरङ सिचाई आयोजनाको अख्तियारमा परेको उजुरीमा मुद्दा मिलाई दिने भनेर ५० हजार पैसा लिँदै गर्दा मोरङ कटहरी निवासी भण्डारी दम्पती पक्राउ परेका हुन्।

0 Comments