Incident Reports

"माघ ८ मै संबिधान, नागरिक अभियान" को तेस्रो संस्करण सम्पन्न

2015-01-15

Bagmati, Kathmandu, Kathmandu

आगामी माघ आठमा नै संबिधान जारी गर्नको लागि राजनीतिक दलहरुलाई दवाब सिर्जना गर्ने उद्देस्यको साथ आज दिउसो पनि नयाँ बानेश्वरमा शान्तिकालागि साझा अभियान(कोक्याप)ले "माघ ८ मै संबिधान, नागरिक अभियान" भन्ने नागरिक खबरदारी भेलाको तेस्रो संस्करण सम्पन्न गरेको छ । उक्त भेलामा सर्वसाधारण, नागरिक समाजका प्रतिनिधि, पेसाकर्मी, पत्रकार, मानब-अधिकारकर्मी, विद्यार्थी र कर्णालीको युवाहरु गरी करिब २०० जनाको सहभागिता थियो । उक्त कार्यक्रममा सभासदहरु गगन थापा(नेपाली कांग्रेस), गणेशमान पुन(एनेकपा माओवादी), कमला घिमिरे सुबेदी(नेकपा एमाले), नागरिक समाजका अगुवाहरु प्रदिप पोख्रेल, अनिता बिन्दु, सुदर्शन सुबेदी, भूमिका श्रेष्ठ र उषा बरुवाललाई अतिथीको रुपमा निम्त्याइएको थियो । सभासदहरु गगन थापा र गणेशमान पुन भने समय अभाबको कारण दर्साउदै कार्यक्रममा उपस्थित भएका थिएनन । कार्यक्रममा बोल्ने सबै वक्ताहरुले आगामी माघ आठमा लोकतान्त्रिक र सबैको अधिकार सुनिस्चित हुने संबिधान जारी हुनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा सभासद कमला घिमिरे सुबेदीले आफ्नो पार्टी नेकपा एमालेले आमाको नामबाट नागरिकता दिने कुराको बिरोध नगरेको पनि दाबी गरे । कार्यक्रममा कर्णालीका युवाहरुले, कर्णालीलाई सधैं राज्यले अपहेलना गरिरहेको र अब बन्ने संबिधानले कर्णालीबासीको अधिकार सुनिस्चित गर्नै पर्ने माग पनि राखेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Students , Journalist/Media , CSO/NGO , Women's Rights Activists , HRD
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments