Incident Reports

डा. सिके राउतको कार्यक्रम प्रहरीले बिथोलेपछि लहान तनावग्रस्त

2015-01-19

Madhes, Siraha, Lahan

स्वतन्त्र मधेश गठबन्धनद्वारा माघ ५ गते लहानमा आयोजना गरिएको आठौँ बलिदानी दिवसमा प्रहरीले हस्तक्षेप गरेपछि लहान बजार दिनभर तनावग्रस्त बनेको छ । गठबन्धनको आह्वानमा लहानस्थित पशुपति आदर्श उच्च माविको प्राङ्गणमा डा. सिके राउतको प्रमुख आथित्यमा गर्ने भनिएको कार्यक्रम दिउँसो प्रहरीले बिथोलेपछि लहानको अवस्था तनाव ग्रस्त बनेको थियो । प्रहरीले राउत नआउँदै विद्यालयको प्राङ्गणबाट सबैलाई बाहिर निकालेपछि प्रदर्शनकारीहरूले ढुङ्गा हानेका थिए । प्रहरीमाथि ढुङ्गा प्रहार हुँदा प्रहरीले चार सेल अश्रुग्याँस प्रहार गरेको थियो । सोही क्रममा डा. राउतलाई प्रहरी गिरफ्तार गरेको खबर पाएका उनका समर्थकले पूर्वपश्चिम राजमार्ग अर्न्तर्गत लहानको सहिदचोक क्षेत्रमा प्रदर्शन गर्दै आधा दर्जन सवारी साधन तोडफोडसमेत गरेका थिए । आक्रोशित राउत समथर्क र प्रहरीबीच लहानस्थित पूर्वपश्चिम राजमार्गमा पटक पटक दोहोरो झडप भएको थियो । झडपको क्रममा पुनः चार सेल अश्रुग्याँस प्रहार भएको थियो । झडपको क्रममा दुई जना प्रहरी जवान घाइते भएका छन् भने केही राउत समर्थक घाइते भएको बताइएको छ । प्रहरी र राउत समर्थकबीच पटक पटक झडप हुँदा लहानको मुख्य बजारको पसलहरु बन्द भएका थिए । डा. राउतलाई प्रहरीले लहान आउने क्रममा सप्तरीको शम्भुनाथबाट नियन्त्रणमा लिएको राउत समर्थकहरुले जनाए पनि प्रहरीले नियन्त्रणमा नलिएको बताए । राष्ट्रिय मानवअधिकार आयोग जनकपुर, इन्सेक सिरहा, थर्ड एलाइन्स सिरहा, मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहा, महिला मानवअधिकार रक्षक सञ्जाल सिरहालगायतका सङ्घ संस्थाहरूले दिनभरका घटनाको अनुगमन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Program Interference/Obstruction
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Totally damaged Vehicles 6
National/Online Media

0 Comments

Related Trend Analysis