Incident Reports

डडेल्धुरा, पर्वत र कैलालीमा बन्दकर्तालाई सर्वसाधारणले लखेटे

2015-01-20

Sudurpashchim, Kailali, Chure, Ward 4

एमाओवादी लगायतको बन्दको विरोधमा सुदूरपश्चिमका विभिन्न जिल्लामा सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् । कैलालीको धनगढी, अत्तरीया लगायतका क्षेत्रमा सर्वसाधारण बन्दको विरोधमा उत्रिएका छन् भने डडेल्धुरामा समेत बन्दको विरोधमा प्रदर्शन भएको छ । डडेल्धुरामा बन्द गराउँदै हिँडेकाहरुलाई सर्वसाधारणले लखेटेका छन् । बन्दको प्रतिकारका क्रममा एकजना बन्दकर्ता एमाओवादी डडेल्धुराका सचिव उमेश भट्ट घाईते भएका छन् । धनगढीमा अखण्ड सुदूरपश्चिम एकता समाजको अगुवाईमा सर्वसाधारण बन्दको विरोधमा उत्रिएका हुन् । धनगढीको चटकपुरबाट सुरु भएको विरोध र्‍याली धनगढीको क्याम्पस रोडमा पुगेको छ । उनीहरुले व्यवशायीहरुलाई पसल खोल्न आग्रह गरेका छन् । उनीहरुले सबै व्यापारी एक हौं, अखण्ड सुदूरपश्चिम टुक्र्याउन पाईदैन लगायतका नारा लगाएका छन् । बन्द विरुद्ध उत्रिएकाहरुले बजारका विभिन्न चोकमा कोण सभाको आयोजना गरेका छन् । उनीहरुले आफूहरुको आन्दोलन अखण्ड सुदूरपश्चिमका पक्षमा समेत भएको बताएका छन् । कोण सभामा बोल्दै अखण्ड सुदूरपश्चिम आन्दोलनका अगुवा गोपाल देउवाले बन्दका विरुद्ध उत्रिन व्यवशायीहरुलाई आग्रह गरेका छन् । उनले व्यवशायीको सुरक्षाका लागि अखण्ड सुदूरपश्चिम पक्षधर तयार रहेको भन्दै निर्धक्क व्यापार व्यवशाय सञ्चालन गर्न अनुरोध गरेका छन् । कैलालीकै अत्तरीयामा व्यवशायीहरु स्वस्फूर्त रुपमा बन्दको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । व्यवसायीहरुले अत्तरीया बजारमा प्रदर्शन गर्नुका साथै बन्द विरोधी नारा लगाएका छन् । कैलालीकै टीकापुरमा समेत स्थानीयले दवाव दिएपछि दिउसो २ बजेपछि बन्द फिर्ता गर्ने मौखिक आश्वासन बन्दकर्ताहरुले दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments