Incident Reports

राजविराजमा विपक्षी दल र नेकपा एमाले कार्यकर्ताबीच झडप

2015-01-22

एकीकृत नेकपा (माओवादी) नेतृत्वको तीस दलीय संयुक्त मोर्चाका कार्यकर्ता र नेकपा (एमाले) का कार्यकर्ताबीच आज राजविराजको नेता चोकमा झडप भएको छ। सो झडपमा परी एमाले जिल्ला कमिटी सदस्य शुभकलाल राम घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेका उनको गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। तीस दलीय मोर्चाको आह्वानमा हिजो भएको बन्दका क्रममा एमाले पार्टी कार्यालयमा भएको आगजनीको विरोधमा आज एमालेले निकालेको जुलुस र मोर्चाका कार्यकर्ताबीच जम्काभेट हुँदा सो झडप भएको थियो। झडपका कारण राजविराजको अवस्था तनावग्रस्त छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org , Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Trend Analysis