Incident Reports

नयाँ संविधान जारी गर्न सम्वादलाई निरन्तरता दिन अन्तर्राष्ट्रिय समुदायको आग्रह

2015-01-21

Bagmati, Lalitpur, Lalitpur

 संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले नेपालका राजनीतिक दलहरूबीच पछिल्ला दिनहरूमा तनाव बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै सम्वादलाई जारी राख्न अनुरोध गरेको छ । माघ ७ गते एक प्रेस विज्ञप्ति प्रकाशन गरी उनीहरूले वृहत राष्ट्रिय स्वार्थका लागि लचकता र महत्वका साथ संवैधानिक सम्वादलाई निरन्तरता दिन आग्रह गरेका हुन् । अन्तर्राष्ट्रिय समुदायको तर्फबाट संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक जेम्मी म्याकगोल्डरिकले समावेशी संविधान सुरक्षित गर्नका लागि आपmना प्रयासहरूलाई दोब्बर पार्न नेपाली राजनीतिक दलहरूलाई विज्ञप्तिमार्फत आग्रह गरेका हुन् । संविधान देशलाई सुदूरभविष्यसम्म दिशानिर्देश गर्ने दस्तावेज भएको भन्दै उनले यसको शान्तिपूर्ण कार्यान्वयनका साथै स्थिरता कायम गर्नका लागि संविधानमा नेपाली जनताको सबैभन्दा फराकिलो समर्थन आवश्यक रहेको विज्ञप्तिमा जनाइएको छ । हिंसा तथा हिंसाको धम्कीप्रति खेद व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायले सबै दलहरूलाई वार्ताको टेबलमा फर्किन आग्रह गरेको छ । साथै उनीहरूले ऐतिहासिक जिम्मेवारी पूरा गर्ने समय भएकाले कुशल नेतृत्व गर्न दलका नेताहरूलाई आग्रह गरेका छन् । रमेशप्रसाद तिमल्सिना

0 Comments