Incident Reports

एमाले काठमाडौं जिल्ला अध्यक्षविरुद्ध भष्ट्रचार मु्द्दा

2015-01-23

Bagmati, Kathmandu, Kathmandu

पशुपति क्षेत्र विकास कोषको रकम हिनामिना गरेको आरोपमा एमाले काठमाडौं जिल्ला अध्यक्ष निर्मल कुइँकेलविरुद्ध भष्ट्रचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी कोषको सदस्यसचिव भएको समयमा ४६ करोड ५६ लाख ८७ हजार बराबरको रकम हिनामिना गरेको भन्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले कोषका पूर्वसदस्य सचिव सुशील नाहाटा, कुईँकेल, काठमाडौंका पूर्व स्थानीय विकास अधिकारी महेन्द्रलाल श्रेष्ठ, प्रेमराज जोशी ,गोपाल पराजुली, पूर्व योजना अधिकृत भिष्मकुमार मल्ल, बालुवा उत्खननकर्ता बच्चुराम दाहाल र मिठाराम दाहालका विरुद्ध अदालतमा मुद्दा दायर गरेको हो। कोषको स्वामित्वमा रहेको गोठाटारस्थित ५ सय ३४ रोपनी बन क्षेत्र वरपर रहेको बालुवाखानि ठेक्का प्रकरणमा अनियमता गरेको भन्दै अख्तियारले भष्ट्रचार मुद्दा दायर गरिएको अख्तियारका प्रेस सल्लाहाकार भवानी सुवेदीले जानकारी दिए।

0 Comments