Incident Reports

निकुञ्ज कर्मचारीलाई मार्ने धम्की

2015-02-01

Bagmati, Rasuwa, Gosaikunda

 लाङटाङ राष्ट्रिय निकुञ्ज कर्मचारीहरू माथि भोर्ले गाविस -१ का एनेकपा माओवादी निकटका कार्यकर्ता समेत रहेका घोर्मु प्रावि यार्साका शिक्षक विष्णु पौडेलले ०७१ माघ १७ गते मार्ने धम्की दिएका छन् । विभिन्न समुदायमा निकुञ्जको मध्यवर्ती समूह समिति पुनः गठन गर्ने क्रममा भोर्ले गाविस-१ जिबजिबेमा निकुञ्ज कर्मचारीहरूले पक्षपात पूर्णतवरले समूह गठन गर्न लागेको भन्दै पौडेलले गाली गर्दै मार्ने धम्की दिएका हुन् । निकुञ्जका कर्मचारी सिनियर गेम स्काउट नुवाकोट जिल्ला थानापती गाविस -५ का ४५ वर्षीय केशवराज भेटवाल समेतको टिममाथि एमाओवादी कार्यकर्ता पौडेलले पूर्व सभासद् धैबुङ् गाविस -६ का ३७ वर्षीय प्रेमहादुर तामाङ समेतको उक्साहटमा निकुञ्ज कर्मचारीहरूमाथि अपशब्दले गाली गरी मार्ने धम्की दिएको निकुञ्जले जनाएको छ । आरोपितले भने पक्षपात पूर्ण तवरले समूह पुर्नगठन गर्न लागेकाले विवाद भएको बताए । हेमनाथ खतिवडा
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Entity CPN M
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments