Incident Reports

कब्जा जग्गा फिर्ता गराई दिन भन्दै शान्ति समितिमा उजुरी

2015-02-04

Lumbini, Rukum East, Chaurjahari

कित्ता जग्गा फिर्ता नभएको भन्दै पीडितले स्थानीय शान्ति समिति रुकुममा उजुरी दिएका हुन् । तत्कालीन नेकपा माओवादी कार्यकर्ताले शर्मालाई २०५५ साल साउन महिनामा आँखामा तेजाब र मट्टतिेल छर्केर आगो लगाएका थिए । त्यही बेला उनी भागेर बाँच्न सफल भई सदरमुकाममा बिस्थापित बनेका थिए । माओवादीले २०५८ सालमा शर्माको १७ सय वर्ग मिटर जग्गा कब्जा गरी स्थानीय कार्यकर्ताहरु श्यामलाल दमाइलाई भोगचलन गर्न दिएको थियो । शान्ति प्रकृया शुरू भएपछि पीडितले जग्गा फिर्ताको लागि पहल गरे पनि फिर्ता नभएपछि फेरि उजुरी दिएको पीडित शर्माले बताए । तर, श्यामलाल दमाईले भने उक्त जग्गा पार्टीले आफूलाई दिएकाले जग्गा फिर्ता नगर्ने बताए् । जग्गा भोगचलन गदै आएका श्यामलाल तत्कालीन समयमा व्रि्रोही नेकपा माआवादीका गाउँ जनसरकार प्रमुख थिए । हाल उनी मोहन बैद्य किरणले नेतृत्व गरेको नेकपा-माओवादीका स्थानीय कार्यकर्ता हुन् । हाल आफ्नो पार्टीले कसैको पनि जग्गा कब्जामा नराखेको एनेकपा माओवादी रुकुमका जिल्ला अध्यक्ष गोपाल शर्मा अनलले बताए । उनले पार्टीले शान्ति प्रक्रियालाई सहयोग गर्न यस अगाडि नै सबैको जग्गा फिर्ता गरिसकेको बताए । उजुरी परेकाले तत्काल जग्गा फिर्ता गराउन प्रक्रिया अगाडि बढाउने स्थानीय समितिका संयोजक खड्ग बहादुर डाँगीले बताए । आदर्श केसी

0 Comments

Related Reports