Incident Reports

आन्दोलनको छैठो दिन पनि कलैयाको जनजीवन प्रभाबित

2015-02-14

Madhes, Bara, Kalaiya

आन्दोलनको छैटौं दिन, कलैयामा लगातार   प्रदर्शनकारी र प्रहरीको दोस्रो  पटक भिडन्त भयो। शनिबार बारा जिल्ला सदरमुकाम तनावपूर्ण रहेको छ। स्थानीय, आन्दोलनकारी व्यक्ति र पार्टी कार्यकर्ताहरूले आन्दोलन गरिरहेका भीडले ढुङा प्रहार गर्दा पुलिसले लाठीचार्ज गरे र अश्रु ग्याँस प्रहार गरे। पुलिसले पशुपति पुस्तकालय, खानेपानी आपूर्ति डिभिजन कार्यालय र नेपाली कांग्रेस पार्टीको कार्यालयलाई सुरक्षित पार्न खोज्दा हिंसा भडकियो। बारा चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री सरकारको जग्गा राजस्व, भूमि सर्वेक्षण, र भूमि सुधार कार्यालयहरू सिमरामा सार्न सरकारको कदमको बिरूद्ध हो।व्यापारिक प्रतिष्ठान बन्द छ र सवारी साधनहरू सडकमै बन्द रहेकाले स्थानीय बासिन्दाहरुलाई कडा चोट लागेको छ। "पुलिसले ५० भन्दा बढी अश्रु ग्याँस क्यानिस्टरहरू फायर गर्नु परेको थियो।" प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीले भने। दुबै पक्षका दुई दर्जन भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ।

तराई मधेस लोकतान्त्रिक पार्टीका सह महासचिव जितेन्द्र सोनल टाउकोमा चोट लागेको छ भने प्रदर्शनकारीहरूले भरत चौकमा सादा पोशाक एएसआई उपेन्द्र साहलाई कुटपिट गरे। अनुहारमा हिर्काएको साहलाई कलैया अस्पतालबाट वीरगन्ज राष्ट्रिय मेडिकल कलेज रेफर गरिएको थियो। प्रदर्शनकारीहरूले जनकपुरका अधिकारकर्मीहरूको टोलीलाई आक्रमण गर्ने प्रयास गरेका थिए जुन जानकारी संकलन गर्न त्यहाँ पुगेका थिए। पुलिसले दुई प्रदर्शनकारीहरुलाई समात्यो। आन्दोलनको नेतृत्व गर्ने बारा चेम्बरका अध्यक्षले अनुरोध गरे पनि प्रदर्शनकारीहरूले पुलिससँग झडप गरे र सम्पत्तिमा तोडफोड गरे। आन्दोलन शुक्रवारदेखि नै हात बाहिर गएको डर छ। आन्दोलनकारी स्थानीयहरूले काठमाडौंका सरकारी प्रतिनिधिहरूको टोलीसँग वार्ता गर्न अस्वीकार गरे। पूर्व सभासद् प्रमोद गुप्ताका अनुसार आन्दोलनकारीहरू जिल्ला प्रशासन कार्यालयमा कुराकानी नगरी बाहिर गए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 150
Actor 1 - Affiliations Group of civilians (only Target) , Chamber of Commerce and entrepreneur's associations , Nepali Congress and affiliated org , UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments