Incident Reports

| दोस्रो दिनसमेत कलैयामा प्रदर्शनकारी र प्रहरीबीच झडप |

2015-02-14

Madhes, Bara, Kalaiya

सिमरामा थप नापी र मालपोत कार्यालय राख्न नपाइने भन्दै पछिल्लो ६ दिनदेखि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच फागुन २ गते दोस्रो दिन पनि कलैयामा दोहोरो झडप भयो । झडपले सदरमुकाम कलैया अस्तव्यस्त रह्यो । काङ्ग्रेस पार्टी कार्यालयमा तोडफोड गर्न पुगेका युवाहरूको समुहलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपको क्रममा दुवैतर्फा गरी झन्डै दुई दर्जन घाइते भए । उनीहरूको उपचार कलैया अस्पतालमा उपचार भइरहेको छ । झडपको क्रममा प्रदर्शनकारीले ढुङ्गामुढा र पशुपति पुस्तकालय तथा खानेपानी डिभिजनको पर्खालमा तोडफोड गरेपछि प्रहरीले ५० सेल भन्दा बढी अश्रु ग्यास प्रहार गरेको थियो । तोडफोड गर्न खोज्दा बचाउ गर्ने क्रममा अश्रुग्या“स छोड्नु परेको प्रहरी प्रवक्ता डिएसपी रविन्द्र रेग्मीले बताए । प्रदर्शनकारीले सादा पोसाकमा रहेका अर्सइ ४० वर्षीय उपेन्द्र साहलाई भरत चोकमा निर्घात कुटपिट गरी घाइते बनाएका छन् । कुटपिटले उनको अनुहारमा गम्भीर चोट लागेको छ । उनलाई तत्कालै उद्धार गरी थप उपचारको लागि वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको डिएसपी रविन्द्र रेग्मीले बताए । लक्ष्मीसाह सोनार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Secondary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 75
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 30
Total damaged Buildings 1
INSEC

0 Comments