Incident Reports

विषाक्त केमिकल नदीमा मिसाइदिँदा १४ गाविसका बासिन्दा प्रभावित

2015-02-17

Madhes, Mahottari, Pipra

धनुषा जिल्ला क्षिरेश्वरनाथ नपा-५ महेन्द्रनगरस्थित एभरेस्ट पेपर मिल्सले आफ्नो उद्योगबाट प्रयोगहीन विषाक्त केमिकल औरही नदीको प्रवाहमा मिसाइदिँदा झन्डै तीन दशकदेखि महोत्तरी जिल्लाका १४ गाविसका बासिन्दा प्रभावित भएका छन् । उक्त विषादीयुक्त पानीले गर्दा वातावरण प्रदुषित हुनुकासाथै सर्वसाधारणदेखि पानीमा बाँच्ने जल प्राणी समेत प्रभावित भएका हुन् । यसरी उद्योगको विषाक्त पानीको कारण वातावरण प्रदुशित तथा आम मानिस र अन्य प्राणीको समेत वातावरण तथा स्वास्थ्यको अधिकारसँग खेलवाड भइरहेको अहिले आम चिन्ताको विषय बनेको छ । मुहानमा औरही नदीको नामबाट सुरु भई महोत्तरी जिल्लाको अधिकांश भाग भएर बग्ने बिग्ही नदी प्रदूषित हुँदा महोत्तरीका १४ गाविसका बासिन्दा विषाक्त पानीको सँसर्गले छालाको रोगबाट ग्रसित हुने क्रम बढेको छ । भने उक्त रसायन युक्त प्रदुषित पानी खाएर गाई वस्तुहरू समेत मर्ने गरेका छन्। विषाक्त पानी नदीमा मिसिएर महोत्तरीको हहिरपुरहरिनमरी हुँदै १४ गाविसलाई छिचोलेर भारत पुग्दासम्म महोत्तरीका लगभग एक लाख ५० हजार जनसङ्ख्या विषाक्त पानीको सँसर्गमा रहँदा छालाका रोगले ग्रसित हुने क्रम बढेको ती गाविस क्षेत्रमा कार्यरत स्वास्थ्य संस्थाले जनाएको छ । ती गाविस क्षेत्रका आम बासिन्दामा नै धेरथोर छालाको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्र झाले बताए । सो नदीको पानी मानिसले खानपिउन प्रयोग नगरे पनि नुहाइधुवाई गर्ने गरेको र वस्तुभाउको चरन तथा पानीघाट नदी किनार रहेकाले मानिसमा छालासम्बन्धी समस्या र घर पालुवा जनावरमा विभिन्न रोगको समस्या देखिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख पशु चिकित्सक डा. रवीन्द्र ठाकुरको भनाइ छ । कहिलेकाहीँ मात्र नदी तर्नुपर्ने गरी हिँडडुल गर्नेलाई त तत्कालै छाला चिलाउने समस्या देखिने गरेको नदी प्रभावित क्षेत्रका बस्तीमा कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ । टाढैबाट दुर्गन्ध आउने कालो पानीले त्यसको सँसर्गमा रहेकालाई चर्मरोग मात्र नभई अन्य रोग समेत निम्त्याउन सक्ने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी झाले बताए । एसिडको मात्रा बढी हुँदा धनुषा जिल्लाका तीन र महोत्तरी जिल्लाका १४ गाविस भएर बग्ने औरही तथा विग्ही नदीको पानी सिंचाइको लागि अनुपयुक्त करार गरिएको छ । कृषि विकास कार्यालय श्रोतका अनुसार धनुषा र महोत्तरी जिल्लामा नदी वरिपरिको क्षेत्रफल २ हजार हेक्टर रहेको अनुमान गरिएको छ । जसमध्ये १ हजार ८ सय हेक्टर क्षेत्रफलमा सिंचाइको उचित व्यवस्था छैन् । ०५८ सालमा जनहित संरक्षण मञ्च (प्रोपब्लिक) ले सर्वोच्च अदालतमा उद्योगले बिर्सजन गरेको पदार्थले जल, जमिन र वातावरणमा नकारात्मक प्रभाव परेको भन्दै रिट दायर गरेको थियो । रिट दायर भएको तीन वर्षछि १२ साउन, २०६१ मा सर्वोच्चले विषादीयुक्त गन्हाउँदो पानी विर्सजन गर्दा त्यस क्षेत्रका वातावारण तथा जिवलाई प्रत्यक्ष असर परेको भन्दै त्यस्ता क्रियाकलाप बन्द गर्न उद्योगको विरुद्धमा आदेश गरेको थियो । तर, सर्वोच्चले आदेश दिएको १२ वर्षवितिसक्दा पनि उद्योगले सर्वोच्चको आदेशलाई पालना गरेको छैन । बरु उद्योगबाट औरही नदीमा मिसिने पानीको मात्रा झन बढेको छ भने वरिपरिको क्षेत्रमा औद्योगिक फोहोरमैला गन्हाउँदा सर्वसधारणले नाक थुनेर हिँड्नुपर्ने अवस्था छ । आदेशको कार्यन्वयन नभएको भन्दै जलेश्वरका सुरेश पाण्डेले २०६८ माघ ५ देखि २७ गतेसम्म जलेश्वरमा रिले अनशनमा बसेका थिए । सो अनशनपछि प्रधानमन्त्रीको कार्यालयले मागप्रति चासो राख्दै सर्वोच्चको आदेश कार्यन्वयनका लागि पहल गर्ने आश्वसन दिँदा अनशन रोकिन पुगेपनि त्यसयता न त स्थानीय प्रशासनले नै उद्योगको प्रदूषण गर्ने गतिवितिप्रति चासो देखाएको छ न त उद्योग मन्त्रालयले नै केही गर्न सकेको छ । धनुषा जिल्लाको मात्रै तीन गाविस प्रभाबित हुने भएको र अधिकांश भूभाग महोत्तरी जिल्लाको पर्ने भएकोले दुबै जिल्लाका किसानको संयुक्त संर्घष हुन नसक्दा खासै प्रभाव नपरेको बताउने पाण्डे फेरी संर्घषमा उत्रिने चेतावनी दिन्छन् । वातावरणमा समेत प्रतिकूल असर पर्ने गरी सञ्चालन गरिएको उद्योगको नियमन र नियमित निरीक्षण नगरी सर्वसधारणको स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने अधिकारमाथि कुठाराघात भएको भन्दै अदालती आदेशले उद्योगले गर्ने प्रदूषणबारे नियमित निरीक्षण गर्न वातावरण निरीक्षकको यथासक्दो चाँडो नियुक्ति गरी प्रदूषण रोक्न उपायहरू अबलम्बन गर्न भनिएको थियो । तर, पछिल्लो ५ वर्षमा प्रभावित सर्वसधारणबाट नै प्रदूषण रोक्न कुनै पहल भएको छ न स्थानीय प्रशासनले नै अदालती आदेशको कार्यन्वयनका लागि प्रयास गरेको दे

0 Comments