Incident Reports

सिमरामा स्थानीय र प्रहरीबीच झडप, सातजना पक्राउ

2015-02-20

मालपोत र नापी कार्यलयको सेवा केन्द्र स्थापना गर्ने निर्णय कार्यान्यवन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका सिमराक्षेत्रका बन्दकर्तामाथि प्रहरीले हस्तक्षेप गर्दा तनाव भएको छ । सेवा केन्द्र थप गर्ने निर्णय स्थगन गरेको भन्दै छ दिनदेखि आन्दोलनरत स्थानीयले शुक्रवार आमहड्ताल घोषणा गर्दै यातायात र बजार ठप्प पारेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले बन्दकर्तालाई राजमार्गबाट हटाएर केही बेर यातायात सञ्चालन गरेको थियो । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोशित स्थानीयले अहिले राजमार्ग पुनः ठप्प पारेका छन् । बन्दकर्ता राजमार्गमा उत्रिएपछि सिमराको स्थिति अहिले तनावपूर्ण बनेको छ । बन्दकर्ताले राजमार्गमा प्रहरी हस्तक्षेपबिरुद्ध नारा लगाउदै मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरिरहेका छन् । प्रहरीले सातजना बन्दकर्तालाई नियन्त्रणमा समेत लिएको छ । प्रहरीले अर्जुन चिमरिया, धनबहादुर श्रेष्ठ, राजकुमार बर्तौला, शिव वाग्ले, प्रेम बराल, देब श्रेष्ठ, मिनप्रसाद आपागाईँ र नवराज श्रेष्ठलाई नियन्त्रणमा राखेको छ । पक्राउ परेकालाई तत्काल रिहा गर्न बन्दकर्ताले माग गरेका छन् । आफुहरुको आन्दोलनलाई दवाउन प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको भन्दै स्थानीय मनोज पौडेलले तत्काल रिहा नगरे आन्दोलन थप चर्काउने चेतावनी दिए । बन्दकर्ताले पथलैयामासमेत यातायात ठप्प पारेका छन् । पथलैयामा यातायात ठप्प पारिँदा पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधन अहिले बिच बाटोमै रोकिएका छन् । प्रहरीले पथलैयामा पनि बल प्रयोग गर्दै यातायात सञ्चालन गर्ने प्रयास गरिरहेको छ । नागरिकलाई पायक पर्ने स्थानमा सहज ढंगले सेवा पुर्या‍उने उद्धेश्यले देशका बिभिन्न स्थानसहित सरकारले मातपोत र नापि कार्यलयको सेवा केन्द्र सिमरामा स्थापना गर्ने निर्णय असोज ३० गते गरेको थियो । उक्त निर्णयबाट जिल्लाको उत्तरी भेगमा पर्ने पिप्रासिमरा, भवानीपुर जीतपुर, डुमरवाना, निजगढ, मनहर्वा, फत्तेपुर, छातापिप्रा, लिपनीमाल, ईनर्वासिरा, रामपुर टोकनी, अमलेखगञ्ज र बुनियाद गाविसका स्थानिय हर्षित भएका थिए । साविकका १२ गाविसका बासिन्दालाई पायक पर्ने स्थान तोकेर गरिएको उक्त निर्णयबाट खुशी भएका स्थानिय अहिले पुनःस्तब्ध बन्न पुगेका छन् । मालपोत र नापी सम्बन्धी कामकै लागि घण्टौसम्म समय लगाएर सदरमुकाम कलैया धाउनुपर्ने बाध्यताबाट गुज्रनु पर्ने अवस्था अन्त्य गर्न स्थानीयको माग छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments