Incident Reports

प्रहरीले यातना दिएको पीडितको आरोप

2015-02-13

Province 1, Terhathum, Myanglung

Chhatra Rimal म्याङलुङ्ग नपा -१२ बस्ने ३५ वर्षीय डोलेश्वर रेग्मीलाई ०७१ फागुन १ गते प्रहरीले ठगी गरेको आरोपमा गिरफ्तार गरी प्रहरी हिरासतमा यातना दिएर घाइते बनाएको परिवारले आरोप लगाएको छ । प्रहरीले गिरफ्तार गर्दा शारीरिक र मानसिकरूपमा सवल भएका आरोपित रेग्मी हिरासतमा बसेका तीन दिनदेखि अवस्था नाजुक बनेको र जिल्ला अस्पतालमा उपचारका लागि लगिएको भए पनि अवस्था चिन्ताजनक भएको भनी परिवारले उपचारकालागि पहल गरिदिन इन्सेक जिल्ला प्रतिनिधिलाई अनुरोध गरेका छन् । खाना खान र बोल्नसमेत नसक्ने अवस्थामा प्रहरीले फागुन ६ गतेदेखि जिल्ला अस्पतालमा भर्ना गरेर उपचार गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जयराम श्रेष्ठले आरोपितको अवस्था हेरेर उपचारको प्रबन्ध गरिने बताए । छत्र रिमाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments