Incident Reports

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा कम्तीमा २० घाइते

2015-02-22

Madhes, Bara, Jitpur Simara, Ward 2

 सिमरामासमेत थप नापी र मालपोत कार्यालय राख्ने निर्णय सरकारले फिर्ता लिएको विरोधमा सिमरामा जारी आठौँ दिनको आन्दोलमा प्रहरी र प्रदर्शनकारीबीच फागुन १० गते झडप हुँदा दुवैतर्फका कम्तीमा २० जना घाइते भएका छन्। सबैको हात, खुट्टा, टाउकोमा चोट छ । प्रहरीको लठी र अश्रु ग्यास प्रहारले प्रदर्शनकारी तर्फ१२ जना घाइते भए । प्रहरीको लाठी प्रहारबाट प्रदर्शनकारी गढीमाई -३ का ३५ वर्षीय नसिम हुसेन र वडा १ का २८ वर्षीय इश्वर थपलियाको टाउकोमा गम्भीर चोट लागेको छ । उनीहरूको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । यसैगरी प्रदर्शनकारीले गरेको ढुङ्गामुढाले प्रहरी निरीक्षक ३८ वर्षीय कुमारविक्रम थापासहित आठ जना घाइते भएको प्रहरीले जनायो । प्रदर्शनकारीले पथलैया-वीरगञ्ज राजमार्ग ठप्प पारेर गरिरहेको कोणसभालाई बिथोल्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो । यो क्रममा प्रहरीले सय राउन्ड भन्दा बढी अश्रुग्याँस प्रहार गरेको थियो । प्रदर्शनकारीले सिमरा चोकको नेपाल  ट्राफिक प्रहरी बिट जलाइदिएका छन् । रौतहटबाट विरामी बोकेर आउदै गरेको एम्बुलेन्समा प्रदर्शनकारीले तोडफोड गर्दा ढुङ्गा लागेर बिरामी रौतहट खेसरहिया ८ का ७० वर्षीय बिन्दाराम राय यादव र उनका ३६ वर्षीय छोरा राजकुमार यादव घाइते भए । लक्ष्मीसाह सोनार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Other , Fire
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police APF
Actor 2 - Youth na
Total Injured 20
Totally damaged Vehicles 1
INSEC

0 Comments