Incident Reports

प्रहरीले श्रीमान-श्रीमती समाउन थालेपछि व्यवसायीले गरे लज बन्द

2015-02-23

Bagmati, Chitawan, Bharatpur, Ward 11

चितवन- लजहरुमा हुने यौन क्रियाकलाप रोक्ने अभियान चलाएको चितवन प्रहरीले श्रीमान श्रीमतीहरुलाई समेत नियन्त्रणमा लिन थालेका भन्दै चितवनका होटल, लज तथा रेष्टुरेन्ट व्यवसायीहरुले आज सोमबारबाट अनिश्चितकालका लागि व्यवसाय बन्द गरेका छन्। होटल व्यवसायी संघ चितवनले व्यवसाय बन्दको आह्वान गरेको हो। चितवन प्रहरीले शनिबार दिउँसो नारायणगढ भरतपुर क्षेत्रका सयभन्दा बढी लजहरुमा छापा मारेर १० जना होटल व्यवसायीसहित १७ जना युवती र १२ जना पुरुषलाई गिरफ्तार गरेको थियो। गिरफ्तार भएकामध्ये पाँच जोडी श्रीमन श्रीमती पनि थिए। श्रीमान श्रीमतीहरुलाई पनि दुई घण्टा जिल्ला प्रहरी कार्यालयमा राखेर साँझ मात्रै छाडिएको थियो। 'अनैतिक गतिविधि रोक्न व्यवसायी र प्रहरी मिलेर आचर संहिता नै जारी भएको छ। प्रहरीले छापा मार्न नपाउने होइन तर जे जसरी छापा मार्ने काम भयो त्यसमा हाम्रो विरोध हो,' व्यवसाय बन्दका विषयमा जानकारी दिन आइतबार साँझ आयोजना भएको पत्रकार सम्मेलनमा होटल व्यवसायी संघ चितवनका अध्यक्ष डासीराम ढकालले भने। 'मुग्लिनदेखि भरतपुर क्षेत्रसम्म रहेका होटल तथा लजहरु बन्द हुने छन्' संघका पूर्व अध्यक्ष इमान्दु बारलले भने। आइतबार साँझ होटलमा आएर बसेकाहरुलाई मात्रै होटलले सेवा दिने नयाँ ग्राहक नराख्ने उनले जानकारी दिए। यसअघि भदौं २८ मा पनि चितवन प्रहरीले भरतपुर नारायणगढ क्षेत्रका लजहरुमा छापा मारेको थियो। 'त्यो बेलामा पनि व्यवसायीहरुलाई समएको थियो। संघका नेतृत्वलाई समेत अभद्र व्यवहार देखाएको थियो। तर हामीले व्यवसाय बन्द गरेनौं विरोध मात्रै गरेका थियो। त्यही कदम दोहररिएपछि अहिले बाध्य भएर बन्द गरेका हौं,' पूर्व अध्यक्ष बरालले भने। लजहरुको इन्ट्री बुक हेरेर शंका लागेकालाई सोधपुछ गर्ने विषयमा व्यवसायीहरुको कुनै विरोध नभएको समेत उनले बताए। 'इन्ट्री बुक हेर्ने, शंका लागेकाहरुको विषयमा छानबिन गर्ने, लजको काउन्टरमा बसेको वा लज सञ्चालक समेतलाई सहभागि बनाएर शंका लागेका कोठामा सोधपुछ गर्ने भन्ने व्यवस्था हो। तर प्रहरी आएर सबै कोठामा ढक ढकाउनेर उनीहरुलाई शंका लागेका सवैलाई थाना लैजाने गर्न थाल्यो' बरालले भने। यसले होटल तथा लजहरुमा आएर बस्ने पाहुनाहरु आतंकति भएको उनले बताए। 'म श्रीमतीको चेक जाँचका लागि बाँकेको खजुराबाट भरतपुरको क्यान्सर अस्पताल आएका बेलामा दिउँसो बिरामी श्रीमतीसहित लजमा बसेको थिए। तर प्रहरीले मलाई र श्रीमतीलाई घिच्याउँदै लग्यो। हामी अस्पताल आएका हौंभन्दा पनि बढ्ता नबोल भन्दै त त र म म गर्योी। दुई घण्टा राखेर बल्ल छाड्यो,' शनिबार दिउँसो प्रहरीले समाएर साँझ छुटेका विष्णु सुनारले भने। जिल्लामा नयाँ प्रहरी अधिकारी आएसँगै होटलमा छापा मार्ने क्रम सुरु हुन्छ। यसअघि भदौंमा छापा मार्दा जिल्लामा नयाँ डिएसपी आएका थिए। अहिले पनि नयाँ डिएसपी आएका छन्। 'हामीले सूचना दिँदा पनि प्रहरी त्यस्ता होटलमा कहिल्यै पस्दैन जहाँ उनीहरुले भन्ने गरे कै अवैध यौन गतिविधि फष्टाएको हुन्छ। त्यसैले प्रहरीको नियतमा हामीलाई शंका छ,' व्यवसायी बरालले भने।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 39
Actor 2 - Affiliation (Target) Citizen/Individuals Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments