Incident Reports

भूमि सुधारका दुई नायब सुब्बा पक्राउ

2015-02-25

Madhes, Rautahat, Brindaban

जिल्ला प्रहरी कार्यालय रौतहटले आज मोही नामसारीसम्बन्धी विवादको मुद्दा मिलाइदिने भन्दै रु २५ हजार घुस लिएको आरोपमा भूमिसुधार कार्यालय रौतहटमा कार्यरत दुई नायब सुब्बालाई पक्राउ गरेको छ । नामसारीसम्बन्धी विवादको मुद्दा मिलाइदिने भन्दै कार्यालयभित्रै विवाद चर्किएपछि प्रहरीले उक्त कार्यालयमा कार्यरत दुई कर्मचारीलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरेको हो । प्रहरीले अनुसन्धानका लागि नासुद्वय महेश मिश्र र नरेन्द्र झालाई पक्राउ गरेको हो । रौतहटको स्थानीय झुनखुनुवा गाविस–१ को किता नम्बर ४१३ को जग्गामा मोही विवाद भएपछि जग्गा धनी अवधेश यादवसँग रकम लिएर मुद्दा जिताइदिने भन्दै नासुद्वयले रु २५ हजार घुस लिएको तर आफूले मुद्दा हारेको भन्दै जग्गा धनी निज यादवले मिश्रलाई हातपात गरेपछि कार्यालय परिसरमा विवाद चर्किएको थियो । जग्गाधनी यादवले घुसबापतको रकम फिर्ता हुनुपर्ने माग गरेपछि सोही विषयलाई लिएर कार्यालयभित्रै विवाद चर्किएको थियो । विवादपछि प्रहरीले घुस लेनदेनमा संलग्न जग्गा धनी यादव, सुब्बाद्वय मिश्र र झा पक्राउमा परेका हुन् । जिल्ला भूमिसुधार कार्यालयका प्रमुख रामकृष्ण उप्रेतीले घटनाबारे कार्यालयले पनि अनुसन्धान गरिरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments