Incident Reports

द्वन्द्व पीडितद्वारा क्षतिपूर्ति माग गर्दै निवेदन

2015-02-25

Lumbini, Rolpa, Rolpa

 सशस्त्र द्वन्द्वपीडितहरूले क्षतिपूर्तिको माग गर्दै स्थानीय शान्ति समितिको कार्यालय रोल्पामा निवेदन दिएका छन्। दश वर्ष सशस्त्र द्वन्द्वका पीडित भएकाहरूले क्षतिपूर्तिको माग गर्दै निवेदन दिएको स्थानीय शान्ति समितिको कार्यालय सचिव रेगबहादुर डाँगीले जानकारी दिए । उनका अनुसार कार्यालयमा निवेदन दिनेहरूमा द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट पीडित घाइते भएका १० जना, अपाङ्गता भएका १४ जना, लुटपाट घटनाका ४३ जना, मारिएका नौ जना, बेपत्ता परिवारका सात जना, टुहुराहरू ११ जना, विस्थापित परिवारका १६ जना, सम्पत्ति क्षतिका नौ जना, कैद हिरासत १० जना र अपहरण परेका ३२ जना गरी जम्मा १ सय ६१ जना पीडितका परिवारले क्षतिपूर्तिको माग गर्दै निवेदन दिएका छन् । हालसम्म राज्यले आफूलाई कुनै पनि क्षतिपूर्ति नदिएकाले माग गर्दै निवेदन दिएको जेदवाङ गाविस -८ धनचौरका (द्वन्द्वको समयमा विद्रोही पक्षको कुटपिटबाट घाइते भएका) ४० वर्षीय भुपलाल गिरीले बताए । माधवकुमार ओली

0 Comments

Related Reports