Incident Reports

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

2015-02-25

Madhes, Saptari, Surunga

सप्तरीको टिकुलिया गाविसमा गाँजा तस्कर र प्रहरीबीच बिहीबार गोली हानाहान भएको छ । बुधवार राती बलान खोलाको बगरमा ६÷७ जना व्यक्तिले टाउकोमा पोका बोकेर हिँडिरहेको देखेपछि प्रहरीका गस्ती टोलीले रोक्न खोज्दा उनीहरुले एक्कासी दुई राउण्ड गोली फायर गरेका थिए । सादा पोशाकमा खटिएका प्रहरीले पाँच राउण्ड जवाफी फायर गरेपछि अँध्यारोमा पोका छाडेर भाग्ने क्रममा एकजना गाँजा तस्करलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारततर्फ गाँजा निकासी गर्न लागेको समूहमध्येबाट यसरी पक्राउ पर्नेमा सिरहा जिल्ला भगवानपुर गाविस–१ निवासी ४७ वर्षीय भुलाई यादव रहेको प्रहरी उपरीक्षक शिशिरकुमार कर्माचार्यले जानकारी दिनुभयो । यस्तै प्लाष्टिकको ५ बोरामा १ सय ५ किलो गाँजा समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments