Incident Reports

प्रदर्शनमा ल्याइएका सयौं लाठी नागढुंगामा बरामद

2015-02-28

Bagmati, Kathmandu, Chandragiri

एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले शनिबार काठमाडौं खुलामञ्चमा गर्न लागेको प्रदर्शनमा ल्याइएका सयौं लाठी प्रहरीले बरामद गरेको छ । बाहिरी जिल्लाबाट काठमाडौं भित्रिएको बसबाट प्रहरीले नागढुंगामा लाठी बरामद गरेको हो । शनिबार बिहान मात्र झण्डै ५ सय लाठी बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लाठी ल्याउनेहरुलाई सम्झाई बुझाई गरेर छाडिएको छ । प्रदर्शनको लागि नागढुंगा नाकाबाट मात्र शुक्रबार बेलुकीदेखि शनिबार बिहानसम्म दुईसय भन्दा धेरै बसमा मोर्चाका कार्यकर्ता काठमाण्डू प्रवेश गरेका छन् ।

0 Comments

Related Trend Analysis