Incident Reports

स्वाइन फ्लुबाट महिलाको मृत्यु

2015-03-02

Bagmati, Kathmandu, Kathmandu, Ward 10

स्वाइन फ्लुको संक्रमण भई राजधानीमा उपचाररत एक महिलाको शनिबार राति मृत्यु भएको छ । दुई साता अघि काठमाडौं मोडेल अस्पतालमा भर्ना भएकी उनी एक सातादेखि भेन्टिलेटरमा थिइन् । आइतबारसम्ममा स्वाइन फ्लु संक्रमण प्रमाणि भएकाहरूको संख्या ४३ पुगेको छ । चिकित्सकहरूले नमूना संकलन भए पनि परीक्षण हुन बाँकी र अस्पतालमै आइनपुगेकाहरूलाई समेत गन्ती गर्ने हो भने हजारभन्दा बढिमा संक्रमण फैलिइसकेको अनुमान गरेका छन् । गत वर्ष राजधानीमा मात्र स्वाइन संक्रमण देखिएको थियो । त्यसबाट १८ जनाको मृत्यु भएको थियो । शनिबार राति मृत्यु भएकी महिला काठमाडौंकै वासिन्दा थिइन् । उनी हालसालै राजधानी वाहिर गएकी पनि थिइनन् । 'दमको रोगी भएकाले उनलाई स्वाइन संक्रमण सँगै निमोनिया समेत भएको थियो', मोडेल अस्पतालका निर्देशक डा.भरत प्रधानले भने, 'शुक्रवार अलि राम्रो देखिए पनि शनिवार राति उनको मृत्यु भयो ।' शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा आउने शंकास्पद बिरामीको संख्या यो साता अझ बढेको अस्पतालका डा.शेरवहादुर पुनले बताए । 'तीमध्ये अधिकांश हालै सार्वजनिक जमघटमा सहभागी भएका पाइए' डा.पुनले भने, 'भोज भतेर लगायत एकै ठाउमा जम्मा हुने आदि प्रकृयाले समेत यो संक्रमण बढाइ रहेको छ ।'
National/Online Media

0 Comments