Incident Reports

शिक्षक आन्दोलनका कारण बिद्यालय बन्द

2015-03-01

Madhes, Rautahat, Gaur

आफ्ना मागहरु बेवास्ता गरेको भन्दै शिक्षकहरु आन्दोलनमा होमिए पछि रौतहटको सामुदायिक बिद्यालयहरु आइतबारबाट अनिश्चितकालको लागी बन्द भएको छ । ७ सुत्रिय माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै शिक्षा कार्यालयमा ताला लगाएका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले तलबभत्ता समयमा निकासा गर्नुपर्ने, दरबन्दी मिलान, शिक्षा समिति विस्तार तथा रोक्का गरिएको कतिपय विद्यालयको खाता नियमानुसार फुकुवा गर्नुपर्ने जस्ता माग अघि सादै जिल्लाभरीका शिक्षकहरु आन्दोलनमा होमिए पछि विद्यालयको पठन पाठन ठप्प भएको छ । आन्दोलनका कारण जिल्लाका ५ सय १ बिद्यालयहरु बन्द भएका छन् । आफूहरुको माग प्रति सम्बन्धित निकायले बेवास्ता गरेकोले बाध्य भई आन्दोलनमा उत्रनु परेको शिक्षक संघ रौतहटका अध्यक्ष राममंगल राय यादवले जनाए । उनले भने, 'जिल्लाभरीका शिक्षकहरुले दोश्रो चौमासिक तलब लिन पाएका छैनन् ।' शिक्षकहरुले शिक्षाका कर्मचारीलाई बाहिर निकाली कार्यालयमा तालाबन्दी गरका थिए । विभिन्न पेशागत शिक्षक संस्थामा आवद्ध ११ वटा शिक्षक संघसंगठन,यूनियन लगायतले आन्दोलनप्रति ऐक्वद्धता जनाउदै विद्यालय बन्दको निर्णय गरेका थिए । तत्कालीन शिक्षा अधिकारी पौडेलले भने आफ्नै कार्यालयका कर्मचारीबाट असहयोग भएको र तलब प्रतिबेदन एक बर्षेखि पास नगरेकाले समस्या झनै बढेको बताए । शिक्षकले तलब खान पनि आन्दोलन गर्नु पर्ने पौडेलले भने, सरकारको कारणले भए त हन्थ्यो, आफ्नै कार्यालयका कर्मचारीका कारण शिक्ष्ँकले दुख पाएर तलब खान पनि आन्दोलन गर्नु पर्ने जस्ता हविगत देखा परे पछि नैतिकताको आधारमा जिल्ला छाडेर मन्त्रालय हाजिर भएको हुँ ।' मन्त्रालयले सहायक शिक्षा अधिकारी रामदरेश यादवलाई निमित्तको जिम्मेवरी तोकेको छ
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 70
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments