Incident Reports

गाँजा तस्करसँग प्रहरीको भीडन्त, एकजनाको मृत्यु

2015-03-07

Bagmati, Chitawan, Rapti

चितवन–चितवन प्रहरीको गोली लागेर शुक्रबार मध्यरातमा विकट लोथर गाविसको दोभान जंगलमा एकजनाको ज्यान गएको छ। गाँजा तस्करहरुको समुहसँग भीडन्त हुँदा जवाफी कारवाहीमा सो घटना भएको चितवन प्रहरीले जनाएकोे छ। मृतकको नाम ठेगाना यकिन भइ सकेको छैन। हात हातियारसहित गाँजा तस्करहरुको समुह लोथर गाविसमा गएको सुचनाको आधारमा चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन अधिकारीको नेतृत्वमा गएको प्रहरी टोलीसँग दोहरो गोली हाना हान भएको प्रहरीको भनाइ छ। 'लोथर गाविस अन्तर्गतको दोभान जंगलमा पुग्दा अन्दाजी ५०/६० जनामा रहेका तस्करहरुले प्रहरी टोली माथि एक्कासी फायर गरेकोले प्रहरी टोलीले सोको जवाफी फायर गरेको हो' चितवन प्रहरीले शनिबार निकालेको विज्ञप्तीमा उल्लेख छ। गोली लागेर घाइते भएका अन्दाजी ४०/४५ बर्षको पुरुषको उपचारको लागि भरतपुर ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीको भनाइ छ। घटनास्थलबाट एक बोरा अबैध लागुऔषध गाजा एक थान बाह्रबोर बन्दुक, त्यसको कार्टिज १६ र एक थान कार्टिजको खाली खोल समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ। दोहोरो फाइरिङमा प्रहरीले एसएलआरबाट ३९ राउण्ड र चाइनिज पेस्तोलबाट ५ राउण्ड गोली फायर गरेको थियो। सो घटनामा धादिङ महादेवस्थान गाविस– ३ का २२ वर्षको राजेश तामाङ्ग पनि घाइते भएको प्रहरीले जनाएको छ। उनको चितवन मेडिकल कलेजमा उपचार भई रहेको छ। उनले मृत्यु हुने व्यक्ति धादिङ महादेवस्थान गाविस– ३ घर भएका नाम थाहा नभएको स्याङतान तामाङ थरको अन्तरे भन्ने व्यक्ति रहेको जानकारी दिएको प्रहरीको भनाइ छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 60
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments