Incident Reports

गरिबी निवारणकोषका कार्यकारी निर्देशक सहित १४ कर्मचारीलाई भ्रष्टाचार मुद्दा

2015-03-12

Bagmati, Kathmandu, Kathmandu, Ward 5

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषका कार्यकारी निर्देशक राजबाबु श्रेष्ठ सहित १४ जना कर्मचारीलाई भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको छ। नक्कली विल भरपाई पेश गर्ने र नियमकानुन विपरित सरकारी खर्च गरेको आरोप लगाएर अख्तियारले उनीहरुलाई भ्रष्टाचार मुद्दा लगाएको जनाएको छ। अख्तियारले कोषका कार्यकारी निर्देशक श्रेष्ठले २ करोड ८३ लाख ५५ हजार हिनामिना गरेको आरोप लगाएको छ। उसले श्रेष्ठसंग त्यति नै विगो र जरिवाना माग गरेको छ। अख्तियारले जनाएअनुसार सबै भन्दा धेरै विगो लेखा अधिकृत प्रविन घिमिरेबाट २ करोड ७६ लाख ७३ हजार माग गरेको छ। प्रशासन तथा वित्त प्रमुख मनोज पिपालुबाट २ करोड ६५ लाख २९ हजार भराउन अख्तियारले विषेश अदालतसंग माग गरेको छ। त्यस्तै, कार्यप्रवन्धकहरु लालबहादुर शिवाबाट ४३ लाख ६१ हजार, धनराज साहबाट २६ लाख ६७ हजार, अजय कुमार पटेलबाट २३ लाख १८ हजार,सञ्जय कुमार झाबाट ५१ लाख ४३ हजार,जयराजपन्तबाट २७ लाख ५४ हजार, सन्दीपनाथ उप्रेतीबाट १५ लाख २२ हजार,अखिलेश चन्द्र दासबाट ३८ लाख ८८ हजार,हरेराम वाग्लेबाट २७ लाख ९६ हजार र दुर्गबहादुर गान्धरीबाट २५ लाख ९ हजार विगो भराउन अख्तियारले विषेशसंग माग गरेको छ। त्यसैगरी लेखा अधिकृत दिलिपराज जोशीसंग २० लाख ८४ हजार र लेखा सहायक सतिश कुमार चौधरीबाट ३० लाख ५६ हजार विगो माग गरेको छ।

0 Comments