Incident Reports

कलैयामा प्रदर्शनकारी र प्रहरीबीच झडप

2015-03-13

Madhes, Bara, Kalaiya

बेटी बचाऊ सङ्र्घष समितिको नेतृत्वमा बालिका बलात्कार र हत्याविरुद्ध कलैयामा भइरहेको प्रदर्शनको क्रममा फागुन २८ गते प्रहरी प्रदर्शनकारीबीच झडप भएको छ । तेस्रो दिन जारी प्रदर्शनको क्रममा सयौँ महिलाले माटोको भाँडा, कुचो लिएर जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा झडप भएको हो । प्रहरीले लाठी प्रहार गर्दै लखेट्न खोजेपछि भाग्ने क्रममा र झडपको क्रममा दुवै तर्फका कम्तीमा १० जनालाई सामान्य चोट पटक लागेको छ । उनीहरूले कलैया अस्पतालमा उपचार गराएका छन् । गत फागुन ८ गते बलात्कृत कलैया- ८ की सात वर्षीया बालिका पूजा साहको उपचारको क्रममा काठमाडौं कान्ती बाल अस्पतालमा फागुन २४ गते मृत्यु भएपछि यहाँका विभिन्न सङ्घ संस्था, अधिकारकर्मी घटनाको विरोधमा उत्रेका हुन् । बालिकको शवलाई दाहसंस्कार गरिएको छैन् । सदरमुकाम कलैयाको भरत चोकको सडकमै शव राखेर समितिको नेतृत्वमा धर्ना र प्रदर्शन भइरहेको हो । लक्ष्मी साहसोनार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Protesters/demonstrators
Actor 2 - Youth na
Total Injured 10
Total damaged Buildings 00
National/Online Media , INSEC

0 Comments