Incident Reports

बुढानिलकण्ठका प्रधानअध्यापकविरुद्ध अख्तियारद्वारा मुद्दा दर्ता

2015-03-16

Bagmati, Kathmandu, Budhanilakantha

काठमाडौं : बुढानिलकण्ठ स्कुलका तात्कालीन प्रधानाध्यापक नारायणप्रसाद शर्माले फर्जी कागजात पेश गरेर १३ लाख ६५ हजार ६ सय ११ रुपैयाँ ठगी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। उनले निवृत्तिभरणमा योग्यता नपुग्दा फर्जी कागजात बनाएर स्थायी कर्मचारीले प्राप्त गर्ने सुविधा लिएको अख्तियारको दावी छ। उनले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(३) अनुसार कसुर गरेको पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो। त्यस्तै शर्माका लागि सघाएको आरोपमा तत्कालिन जिल्ला शिक्षा अधिकारी बलीराम प्रसाद सिंह तथा राजीनामा स्वीकृत गर्ने तात्कालिन जिल्ला शिक्षा अधिकारी हरिशचन्द्र यादवविरुद्धसमेत मुद्दा दायर गरेको छ। दुवैविरुद्ध १३ लाख ६५ हजार ६ सय ११ विगो भराउन दावी गरिएको छ।

0 Comments