Incident Reports

द्वन्द्वकालमा मरेका भनिएका व्यक्ति १७ वर्षपछि घर फर्के

2015-03-22

Karnali, Jajarkot, Barekot, Ward 4

 जाजरकोट,चैत ८ – मृत्यु भइसकेको ठानेर काजकिरिया समेत भइसकेको एक व्यक्ति १७ वर्षपछि घर फर्कंदा परिवार र गाउँमा खुसी छाएको छ । जिल्लाको नायकवाडा गाविस वडा नं २, मैनाका सरण नेपाली काजक्रिया गरेको १७ वर्षपछि घर फर्कंदा गाउँ र परिवारमा खुसीयाली छाएको हो । २०५४ सालमा मैना गाउँवाट नेपालीलाई माओवादीले घरवाट निकाला गरेपछि उनी वेपता भएका थिए । घरवाट निकाला गरेलगत्तै वेपत्ता भएका शरणलाई परिवारले सम्पर्कमा नआएपछि मृत्यू भएको भन्दै काजकिरिया गर्नुका साथै गाविस कार्यालयमा गएर मृत्यु दर्तासमेत गराएका थिए । परिवारले द्वन्द्वपीडितलाई दिइँदै आएको राहतसमेत बुझ्दै आइरहेका थिए । सरणले गाउँका माहिलालाई बोक्सी भन्दै बदनाम गर्ने,स्थानीय मानिसलाई विभिन्न टुनामुना लगाएको भ्रममा पारी आतंक सृर्जना गर्ने गरेपछि तत्कालीन नेकपा माओवादीले २०५४ उनलाई गाउँबाटै लखेटेको थियो । १७ वर्षपछि शरण घरमा फर्किएपछि मैना गाउँमा उनको भव्य स्वागत गरिएको नायकवाडाका प्रेम शाहीले जानकारी दिए । सरणले अहिलेसम्म भारत गएर बसेको र देशमा शान्ति भयो भन्ने सुनेपछि आफू फर्किएको जानकारी टेलिफोनमार्फत दिए । काजक्रिया समेत गरेर मरिसकेको भनिएका आफ्ना श्रीमान् एक्कासी घर फर्कंदा आफूलाई विश्वास गर्नै गाह्रो परेको उनको श्रीमती राधिका नेपालीले रातोपाटीलाई बताइन् । ‘मृत्यु भएको भनेर मृत्यु संस्कार समेत गरिसकिएका श्रीमान् ज्युँदै छन् भनेर कल्पनासम्म पनि गरेको थिइनँ,’ उनले रातोपाटीसँग खुसी साट्दै भनिन्,‘सोच्दै नसोचेको कुरा हुँदा पत्याउनै मुस्किल परेको छ ।’ उनले घरमा श्रीमान् नहुँदा छोराछोरीहरुले ‘बाबा खै’ भनेर पीडा दिने गरेको स्मरण गर्दै आफ्ना बाबुलाई पाएपछि छोराछोरी,परिवारका साथै गाउँमा नै खुसीयाली छाएको बताइन् ।रासस

0 Comments

Related Reports