Incident Reports

मुसहर बस्तीका घर एसएसबीले भत्काइदियो

2015-03-18

Madhes, Mahottari, Manra Siswa, Ward 7

दसगजा अतिक्रमण गरेको भन्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले बथनाहा ६ स्थित मुसहर बस्तीका घर भत्काइदिएको छ । जसका कारण दलित बस्ती आतंकित बनेको छ । पीडितमध्येका रामप्रसाद सदाका अनुसार बुधबार बिहान एसएसबी जवानले तत्काल घर हटाउन निर्देशन दिएका थिए । 'त्यसको केहीे बेरमै करिब २ सय संख्यामा एसएसबीको टोली आयो, लात्ती, हात र लाठीले घर भत्काउन थाले,' सदाले भने । दलित बस्तीमा हाहाकार मच्चियो । स्थानीय पप्पु झाका अनुसार बस्ती भत्काउन थालेपछि महिला र बालबालिका कहालिएर रुन, कराउन थाले । आक्रमक देखिएका एसएसबी जवानले बनिबुतो गरेर ल्याइएको अन्नपातसमेत छरछार पारिदिएको प्रत्यक्षदर्शी अजमेरी खातुनले बताइन् । 'बन्दुकको कुन्दाले धान, चामल राखेको माटोको कोठी फोरेर धान, गहुँ र चामल सराबरी पारे,' खातुनले भत्केको घर देखाउँदै भनिन्, 'गोबरको गुइँठासमेत रहन दिएनन् ।' बस्तीमा एसएसबीले धावा बोल्दा कलसिया सदा खाना पकाउँदै थिइन् । 'अकस्मात भित्र छिरेका उनीहरूले चुलोमाथिको भाँडा पल्टाइदिए,' उनले भनिन्, 'त्यसपछि अन्न छरछार पारे र बुटले हानेर चुलो पनि फोडिदिए र भाँडावर्तन पल्टाइदिए ।' एसएसबी जवानले गालीगलौज गर्नुका साथै गाईबस्तुले चारा खाने नादी फोडिदिएको, लसुन उखेलिदिएको र 'नेतागिरी गर्छस्' भन्दै सुरज राउतलाई कुटपिट गरेको पीडितले बताए । मुसहर बस्तीबाट वडा नम्बर ४ प्रवेश गरेको एसएसबीको लस्करले बजार क्षेत्रमा रहेको आफ्नो घर तोडफोड गरको सुवोध झाले बताए । सोही वडाका चन्दर साहको सिमेन्टको नादी उल्टाई सिसौ काठको एउटा मुढा पनि लिएर गएको साहले जानकारी दिए । सबै घर नहटाए केही दिनमै डोजर लगाएर दसगजा खाली गराइने एसएसबीले बताएको छ । ९० परिवारको बसोबास रहेको मुसहर बस्तीका ३५ परिवारका ४२ घर भत्काइएको छ । तीमध्ये दसगजाको नेपालपट्ट ि१७ परिवारका २३ र भारततिर १८ परिवारका १९ घर भत्काइएको छ । जसका कारण महिला र बालबालिकासहित २ सय १५ जना बिचल्लीमा परेका छन् । नेपालपट्ट िक्षति नभएको प्रमुख जिल्ला अधिकारी दीपक काफलेले दाबी गरे । स्थानीय प्रहरीबाट घटनाको पूर्ण विवरण नआइसकेको र नेपालतर्फका २ घरमा मात्र क्षतिको सूचना पाएको उनले बताए । 'भत्काइएका घर सबै भारततर्फ पर्ने मैले बुझेको छु, प्रहरी रिपोर्ट आएपछि सरकारी धारणा भन्न सकिन्छ,' उनले भने । पीडित लक्ष्मण सदाका अनुसार पुस्तौंदेखि उनीहरू त्यहाँ बस्दै आएका हुन् । नेपालतर्फ ४ कटठा गाउँ ब्लकको जग्गामा उनीहरूका पुर्खाले बसोबास गर्दै आएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Raid/sweeping
Primary Cause Other governance issues
Actor 1 - Number of people 200
Actor 1 - Affiliations APF
Actor 1 - Youth na
Actor 2 - Number of people 215
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
National/Online Media

0 Comments