Incident Reports

आइओएमका विद्यार्थी र रेसिडेन्ट डाक्टर पनि आन्दोलनमा

2015-03-25

Bagmati, Kathmandu, Kathmandu

काठमाडाैं, चैत ११ - शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ डाक्टर गोविन्द केसी अनशन बसेको तेस्रो दिन वितिसक्दा पनि सरकारले माग पूरा गर्न चासो नदेखाएको भन्दै चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका विद्यार्थी तथा रेसिडेन्ट चिकित्सकले पठनपाठन ठप्प पारेका छन् । उनीहरुले बुधबारदेखि पठनपाठनमा सहभागी नभई शिक्षण अस्पताल महाराजगञ्ज अगाडी धर्ना दिने बताएका छन् । एक दुई दिनमा सरकारले माग पूरा नगरे अस्पतालको सेवामा पनि सहभागी नहुने उनीहरुको भनाई छ । नेशनल रेसिडेन्ट डाक्टर एसोसिएसनका अध्यक्ष रामचन्द्र सापकोटाले सरकारले माग पूरा नगरे अस्पतालसँग जोडिएको कुनै पनि सेवामा सहभागी नहुने बताउनुभयो । उहाँले वार्ताबाटै समस्या समाधान गर्न चाहेकाले अस्पतालको सेवामा प्रत्यक्ष असर पर्ने खालका गतिविधि भने नगर्ने बताउनुभयो । तर शिक्षण अस्पतलामा दुई सयको हाराहारीमा आवासीय चिकित्सक भएकाले उनीहरु काममा नजाँदा सेवा प्रभावित हुन्छ । यसअघि चौथो र तेस्रो पटक अनशन बसेका बेला सरकारसँग भएका सम्झौता पालना गर्न माग गर्दै डाक्टर केसी गएको आइतबारदेखि अनशनमा बस्नु भएको छ । सरकारले यसअघिकै अनशनमा माग पूरा गर्ने प्रतिबद्धता जनाएपनि त्यस विपरित चिकित्सा शिक्षा नीति नल्याई नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन खोजेको भन्दै केसी फेरि ५ औँ पटक अनशनमा बस्नु भएको हो । उहाँका स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments