Incident Reports

सप्तरीमा भिषण आगलागी, एककाे मृत्यु, ७९ घर खरानी

2015-03-27

Madhes, Saptari, Kanchanrup, Ward 7

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर-६ स्थित पडेमारा गाउँको दलित बस्तीमा बिहीवार दिउँसो भएको भीषण आगलागीमा एकजनाको मृत्युसँगै ७९ वटा घर जलेको छ । ६० वषिर्य बृद्ध चलितर सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा ३३ परिवारको ७९ घर डढेर खरानी भएको छ । त्यस्तै आगलागी नियन्त्रण गर्नकालागि त्यहाँ २८ घर भत्काईएको छ । झमेली सरदारको घरबाट एकाएक सल्केको आगो बस्तिभरि फैलिएर पुरै गाउँ नै सखाप भएको हो । आगलागीमा भागाभाग भएपछि बृद्ध सरदारलाई उद्धार गर्नेसमेत कोही नभएपछि उनको घरमै डढेर मृत्यु भएको स्थानीयले बताएका छन् । दिउँसो १२ बजे सुरु भएको आगलागी सशस्त्र, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा र राजविराज, इनरुवा तथा इटहरी बारुण यन्त्रको प्रयासमा चार घण्टापछि मात्रै नियन्त्रणमा लिन सकेको थियो । तर, त्यतिबेला चलेको हावाले बस्ति नै खरानी भईसकेको थियो ।

0 Comments