Incident Reports

चिकित्सक संघ आन्दोलित, सरकारलाई २४ घण्टे अल्टिमेटम

2015-03-28

Bagmati, Kathmandu, Kathmandu, Ward 10

प्रा.डा. गोविन्द केसीले उठाएका मागप्रति सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ । संघको शनिबार बसेको बैठकले सरकार र सरोकारवाला निकाय केसीको मागमा गम्भीर नभएको भन्दै २४ घण्टे अल्टिमेटम दिएको छ । बैठकले केसीको स्वास्थ्य गम्भीर भएको भन्दै तत्काल माग पूरा गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । १० बुँदे माग राख्दै केसीले चैत ८ गतेदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसन जारी राखेका छन् । बैठकले प्रा.डा. केसीले उठाएका माग २४ घण्टाभित्र पूरा नगरे चैत १६ गते बिहानदेखि सम्पूर्ण सरकारी, निजी, मेडिकल कलेज, नर्सिङ होम र क्लिनिकमा कालोपट्टी बाँधेर अस्पतालको प्रांगणमा बहिरंग सञ्चालन गर्ने निर्णय गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments